आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०१:०४
वासिङटन डिसी 14:19

आरोप पुष्टि गर्न पुन र शर्माको चुनौती

इनेप्लिज २०७२ भदौ १३ गते १५:४८ मा प्रकाशित

Ananta-Pravakar-and-Ganeshman-punकाठमाडौँ, १३ भदौ । कैलालीको टीकापुर घटनामा आपूmहरुको सङ्लग्नता पुष्टि गर्न एकीकृत नेकपा (माओवादी)का दुई नेताले नेकपा (एमाले)लाई आग्रह गर्नुभएको छ ।

नेकपा(एमाले)को प्रचार विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले कैलाली घटनामा एमाओवादीका सचिव वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्माको हात रहेको भनी अभिव्यक्ति दिइएको थियो ।

एमाओवादी सचिव पुनले गलत मनसायले उक्त धारणा आएको भन्दै सो विषयमा एमालेको आधिकारिक धारणा के हो प्रष्ट पार्न एमाले अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको राससलाई बताउनुभयो ।

पुन र शर्माले आज यहाँ संयुक्तरुपमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चिताउनसमेत नसक्ने विषयमा हचुवाको भरमा अभिव्यक्ति दिनु गलत राजनीतिक संस्कारको पराकाष्ठा भएको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले भट्टराईको भनाइबारे आपूmले बुझेर जानकारी दिने अवगत गराउनुभएको एमाओवादी नेता शर्माले बताउनुभयो ।

प्रतिक्रिया