विराटनगरमा सुतलीबम विष्फोट, तीनजना सामान्य घाइते

इनेप्लिज २०७२ भदौ १३ गते १५:३१ मा प्रकाशित

F-BombFireStarterविराटनगर, १३ भदौ । विराटनगरको महेन्द्रचौकस्थित एसलाल पेट्रोलपम्पमा आज साँझ अज्ञात व्यक्तिले सुतलीबम विष्फोट गराउँदा तीन जना घाइते भएका छन् ।

घाइतेहुनेमा विराटनगर–१३ को पीपलचौक बस्ने ३६ वर्षीय अजय पाण्डे, विराटनगर–१३ को शान्तिचौक बस्ने २४ वर्षीय निरज साह र विराटनगर–१५ बस्ने ३० वर्षीय तापेस दासरहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पाण्डेलाई ढाडमा, साहलाई दाहिने कुममाथि र दासलाई दाहिने आँखामा चोट लागेको प्रहरी उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभएको छ । घाइतेहरुको मोरङ सहकारी अस्पताल, कोसी अञ्चल अस्पताल र विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ ।

पेट्रोल पम्पमा साँझको समयमा पेट्रोल लिनेको घुइँचो लागेको बेलामा सो घटना घटेको बुझिएको छ । एक सातामा विराटनगरमा यो समेत गरी तीन पटक सुतलीबम विष्फोट भइसकेका छन् ।

प्रतिक्रिया