शनिबार, मंसिर २० २०७७
काठमाडौं २३:५५
वासिङटन डिसी 13:10

साउदी अरेबियामा आगलागीमा सातको मृत्य, २०० घाइते

इनेप्लिज २०७२ भदौ १३ गते १५:२० मा प्रकाशित

aaglaagiदुबई (युएई), १३ भदौ । साउदी अरेबियाको उत्तरी क्षेत्रमा अवस्थित एक आवासीय भवनमा आइतबार आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु हुनाका साथै २०० जनाभन्दा बढी मानिस घाइते भएको यहाँको नागरिक प्रतिरक्षा अधिकारीले जनाएका छन् ।

पूर्वी सहर खोबारमा अवस्थित उक्त रेडियम नामक आवासीय भवनमा आगलागीमा परी विभिन्न देशबाट यहाँ आई काम गरिरहेका विदेशी नागरिकहरुसमेत परेको गृह मन्त्रालयले जनाएको छ । तर को र कहाँका नागरिक हुन भन्नेबारेमा मन्त्रालयले बताएको छैन ।
उक्त भवन साउदी अरामको नामक एक ठूलो तेल कम्पनीले प्रयोग गर्दै आएको छ ।

भवनको नजिकै रहेको एक घरमा बसोबास गर्दै आएका इन्जिनियर मोहमद सिद्दिकीले उक्त भवनबाट बिहान ६ बजे ठूलो मुस्लो निस्केको आफूले देखेको जनाए । करिब ३० वटा एम्बुलेन्स र तीन हेलिकप्टर घटनास्थल वरिपरी उद्धारका लागि खटिएका थिए ।
घटनाको विस्तृत विवरण अहिलेसम्म आइनसकेको जनाइएको छ ।

प्रतिक्रिया