सडकमा दूध पोखेर विरोध

इनेप्लिज २०७२ भदौ १३ गते १४:५७ मा प्रकाशित

Rss_Images_1440939444090_GL-Ilam-Milk Pokhadaiइलाम, १३ भदौ । दुग्ध विकास संस्थानले किसानबाट दूध खरिद नगरेको भन्दै इलामका किसानले आज सडकमा दूध पोखेर विरोध जनाएका छन् ।

संस्थानले विभिन्न बहाना बनाएर दूध खरिद गर्न छाडेको विरोधमा किसानले इलाम सदरमुकामको चोक बजारमा दूध पोखेर साङ्केतिक विरोध जनाएका हुन् ।

सदरमुकाममा भेला भएका जिल्लाका दुई सयभन्दा बढी दुग्ध किसानले बन्द दूधलाई खुल्ला गर, बाहिरी दूधलाई बन्द गर, आहात होइन राहत देउ, कृषक हामी एक हौँ, भन्ने प्लेकार्ड र व्यानरसहित शान्तिपूर्ण विरोध ¥याली निकालेका थिए ।

चोकबजारबाट सुरु भएको ¥याली टुंडिखेल हुँदै पुनः चोकबजारमा आएर कोणसभामा परिणत भएको थियो ।

विभिन्न बहानामा संस्थानले नियमित दूध खरिद नगर्दा किसानले लाखौँ मूल्य बराबरको दूध खेर फाल्नुपरेको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हेम कट्टेलले बताउनुभयो ।

संस्थानले किसानबाट दूध खरिद नगरी कमिशनको खेलमा भारतीय दूध र पाउडर बिक्री गर्न थालेको किसानको आरोप छ । “बन्द र हड्तालको बहानामा भारतीय दूध बिक्री भइरहेको छ, यहाँबाट दूध नलिई भारतीय दूध बिक्री गरिएको छ”–अध्यक्ष कट्टेलले भन्नुभयो, “तत्काल किसानबाट नियमित दूध खरिद गरिएन भने कडाभन्दा कडा आन्दोलन सुरु गछौँ ।”

संस्थानअन्र्तगत दुग्ध वितरण आयोजनाले इलामका कोल्बुङ, रक्से, पशुपतिनगर, फिक्कल, बिब्ल्याँटेलगायत चिस्यान केन्द्रबाट दैनिक ३० हजार लिटरभन्दा बढी दूध खरिद गर्दै आएको थियो । इलाममा करिब दैनिक ५० हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गर्छ ।

तराईमा जारी आन्दोलनका कारण दूध खरिद गर्न नसकिएको संस्थानअन्तर्गत दुग्ध वितरण आयोजना विराटनगरले जनाएको छ । “बन्द, हडतालका कारण नियमितरुपमा दूध ढुवानी गर्न सकेका छैनौँ”–आयोजना प्रमुख ईश्वरीराज न्यौपानेले भन्नुभयो, “एक दिन खुल्यो भने कति दिन बन्द हुन्छ टुङ्गो छैन्, दूध मात्र ल्याएर के गर्ने ? बिक्री पनि त हुनुपर्‍यो नि ।

प्रतिक्रिया