नेपालगन्ज, १३ भदौ । प्रदेश सीमाङ्कनको विरोधमा संयुक्त थारुहट मधेस सङ्घर्ष समितिले आजदेखि पुनःअनिश्चितकालीन बाँके बन्द गराएको छ ।
गत साउन २७ गतेबाट १० गतेसम्म लगातार १६ दिन बन्द रहेको यस जिल्ला ११ र १२ गते रक्षाबन्धनको अवसरमा बन्दकर्ताले दुई दिनलाई खुकुलो पारेकामा पुनःआजदेखि बन्द गराइएपछि जनजीवन असहज बनेको छ ।
बन्दका कारण यहाँका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना ठप्प भएका छन् भने विद्यालयसमेत सञ्चालनमा आउन सकेका छैनन् ।
नेपालगन्ज र कोहलपुर बजार क्षेत्रमा फाटफुट मोटरसाइकल र रिक्सा, टाँगा सञ्चालनमा आएपनि लामो र छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न नदिइएपछि यात्रु बिचल्लीमा परेका छन् ।
प्रतिक्रिया