मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:५५
वासिङटन डिसी 10:10

भूकम्पमा मृत्यु हुनेको सम्झनामा प्रतिष्ठानको गार्ईजात्रा

इनेप्लिज २०७२ भदौ १३ गते १२:३७ मा प्रकाशित

Rss_Images_1440909964927_Pro_Ktm_Bashantapur Gaijatra  (6)काठमाडौँ, १३ भदौ । गाईजात्राको अवसर पारेर गत वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका व्यक्तिहरुको सम्झनामा आज ‘गाईजात्रा विशेष कार्यक्रम’ गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा हाँस्य कलाकार, साहित्यकार, रङ्गकर्मी र सङ्गीतकर्मीको उपस्थिति थियो ।

हनुमान ढोकाबाट विभिन्न भेषभुषामा सुसज्जित कलाकारले प्रतिष्ठानको डबलीसम्म पदयात्रा गरी भूकम्पमा परी दिवङ्गत भएकाको सम्झनामा गाईजात्रा कार्यक्रम गरेको उपकुलपति शम्भुजित बाँस्कोटाले बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय, वरिष्ठ गीतकार श्रीपुरुष ढकाल, वरिष्ठ सङ्गीतकार सिके रसाइली, वरिष्ठ हाँस्यकलाकार किरण केसीले शोक मन्तव्य व्यक्त गर्दै पीडित कलाकारको सम्झनाका लागि विशेष कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा उपकुलपति बाँस्कोटा, सदस्य सचिव गणेश रसिक, प्राज्ञ परिषद् सदस्यहरु रमेश रञ्जन झा, पवित्रा घर्तीमगर, उन्नती बोहरा ‘शिला’, पुस्करबहादुर गुरुङ, नारदमणि हार्तुम्छाली, वरिष्ठ हाँस्यकलाकार केसी, शिवहरी पौडेल, केदार घिमिरे, दीपकराज गिरी, दिपाश्री निरौला, रमेश अधिकारी, मनोज आचार्य, हिमा कोइराला, वरिष्ठ नाट्यकर्मी विजय विष्फोट, वरिष्ठ सङ्गीतकार रसाइलीलगायत सङ्गीत तथा नाट्यकर्मीले हाँस्य व्यङ्ग्यात्मक प्रस्तुति गर्नुभएको थियो ।

भूकम्पका समयमा सङ्गीत तथा नाट्य विधाका माध्यमद्वारा मानसिक तनाव कम गराउँदै लैजाने, आगामी दिनमा क्षति न्यूनीकरण र जनचेतना जगाउन चेतनामूलक कार्यक्रम एवम् मनोपरामर्शसहितको भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतनासहितको जनचेतना कार्यक्रम सरकारबाट सूचीकृत प्रभावित क्षेत्रका १०० स्थानमा सञ्चालन गरिएको उपकुलपति बाँस्कोटाले स्मरण गराउनुभयो ।

यसवर्ष भूकम्पले काठमाडौँ उपत्यकालगायत १४ जिल्लामा धेरैको मृत्यु भएकाले तिनको सम्झनामा पनि घर घरबाट सिङ्गारी निकालिएका गार्ईले सहर परिक्रमा गरेका थिए ।

पुत्र शोकले चिन्तामा डुबेकी रानीलाई अरुका घरमा पनि यस्तो घटना भएका हुन्छन् भनी देखाउन राजा प्रताप मल्लले गाईजात्राको सुरुवात् गराएको विश्वास रही आएको छ ।

प्रतिक्रिया