बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०६:१३
वासिङटन डिसी 19:28

टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो, मध्यान्ह सम्ममा ३०० भन्दा धेरैको सहभागिता

इनेप्लिज २०७२ भदौ १३ गते ७:१६ मा प्रकाशित

टेक्सास I शनिबार, अगस्ट २९ २०१५ I हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारण तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ । अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, सो दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषि-तर्पण गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिएको हो ।

ड्यालसको इर्विंग सहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) मा ड्यालस फोर्थवोर्थ वरिपरी बसोबास गर्ने नेपालीहरु जम्मा भई जनै पुर्णिमा मनाईरहेका छन् l

नेपालीहरुको बाक्लो बसाई रहेको ड्यालसको इर्विंगमा रहेको नेपाली मन्दिर आज बिहानैदेखि नेपालीहरु भेला भई जनै फेर्ने, डोरो बाँध्ने कार्य भई रहेकोछ l भक्तजनहरु आफ्नो समय अनुकुल मिलाएर मन्दिरमा आई जनै, डोरो लगाउने काम सजिलोसंग सम्पन्न हुनसकोस भनेर मन्दिरका पण्डित डा. शेखर पण्डित लगाएत थप दुई पण्डितहरु (अच्युत लम्साल र कृष्ण भट्टराई) बिहान ७ बजेदेखि साझ ८ बजेसम्म मन्दिरमा रहने व्यबस्था मिलाइएको पुजा समितिका संयोजक रमेश पोखेरेलले हिमालय खबरलाई बताए l

रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो ।सूत्र कुनैपनि वस्तुलाई अविच्छिन्न गर्ने माध्यम हो । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया