मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २१:३१
वासिङटन डिसी 10:46

हाँस्य कलाकार जितु नेपाल “मुन्द्रे”, बद्री पगेनी टोलीको अमेरिका धमाका – ऊद्घाटन पिट्सबर्गमा भब्य भयो

इनेप्लिज २०७२ भदौ १३ गते ७:०१ मा प्रकाशित
DSC01855
३० अगस्ट २०१५ – अमेरिकाको २५ वोटा शहरहरुमा कार्यक्रम प्रस्तुत गर्न नेपाल देखी आएका जितु नेपाल “मुन्द्रे”, निर्मला खड्का, रास्ट्रिय स्तरका दोहोरी कलाकार बद्री पगेनी र सिला आलेको “२०७२ तिज, दशैं र तिहार अमेरिका धमाका” कार्यक्रमको
ऊदघाटन हिजो शनिबार पेन्सिलभानिया राज्यको रमणीय शहर पिट्सबर्गमा भव्यताकासाथ सम्पन्न भयो l
DSC01880
 
अमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कुमार कार्कीले अमेरिका धमाका ऊदघाटन गरे l ऊदघाटन भाषण गर्दै राजदुत डा० कार्कीले भने – बिदेशमा नेपालको संस्कृती संरक्षण र प्रबर्धनमा सघाऊ पुग्ने यस्तो कार्यक्रम आयोजना गर्ने भुटनीज एसोसीएसन पिट्सबर्ग र मुख्य आयोजक वोर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एलएलसीका अध्यक्ष बुद्धी प्रसाद रेग्मीलाई
राजदुतले धन्यबाद दिए l 
DSC01961
 
अमेरिकाको २५ वोटा शहरहरुमा कार्यक्रम प्रस्तुत गर्न नेपाल देखी आएका हाँस्य कलाकार जितु नेपाल मुन्द्रे, अर्का हाँस्य कलाकार निर्मला खड्का, रास्ट्रिय स्तरका दोहोरी कलाकार बद्री पगेनी र अर्का दोहोरी कलाकार सिला आलेको प्रस्तुतीले अमेरिकाबासी नेपालीले भरपुर मनोरंजन लिए l 
DSC01973
कार्यक्रमका बिशिस्ट अतिथी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको पानको पात गीतमा दर्शकहरु मंचमै गएर नाचेका थिए l  साथै, प्यारोडी गायक रतन सुबेदी, राम प्रसाद खनाल,ढकाल ब्रदर्श र स्थानीय कलाकारहरुले नेपाल देखी आएका अतिथी कलाकारहरुलाई साथ् दिएका थिए l
वोर्ल्ड बिजनेस एण्ड म्यानेजमेन्ट एल एल सी क अध्यक्ष बुद्धी प्रसाद रेग्मी र भोला ढुंगानाले कार्यक्रम संचालन गरेका थिए l
DSC01989
 
भुटनिज कम्युनिटी एसोसीएसन अफ पिट्सबर्गका अध्यक्ष रुप पोखरेल र कार्यक्रम-संयोजक भानु फुयालले कार्यक्रममा सबैलाई स्वागत गरेका थिए l नेपाल देखी भुटान, भुटान देखी झापा र झापा देखी अमेरिका ? को यात्रा बारे अध्यक्ष पोखरेलले हृदय रुने गरी बडो मार्मिक ढंगले बर्णन गर्दा ऊपस्थित सबैको आँखा रसाएका थिए l बानाका निबर्तमान अध्यक्ष बिजय श्रेष्ठ र प्रबाशी नेपाली मंच अमेरिकाका महासचिब प्रभु थापाले शुभकामना मन्तब्य दिएका थिए l
IMG_0540
सात सय सिट क्षमताको बडो राम्रो हल खचाखच भरिएको थियो l नेपाल देखी आएका अतिथी कलाकारहरुले कार्यक्रम प्रस्तुत गर्दा –
ईनेप्लिज र डिसी नेपाल बाहेक अरु कसैलाई पनी फोटो भिडियो खिच्न बन्देज लगाईएको थियो l कार्यक्रम समाप्ती पछी, नेपाल देखी आएका अतिथी कलाकारहरु र पिट्सबर्गमा राजदुत डा० अर्जुन कार्की को स्वागतार्थ एक सफल ब्यबसायी दिल्ली पौडेलले एक रात्रीभोज आयोजना गरेका थिए l
 
   

प्रतिक्रिया