शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २३:२१
वासिङटन डिसी 12:36

काठमाडौं, १२ भदौ । भारतलाई ट्राई ब्रेकरमा हराउँदै नेपालले २२ वर्षपछि यू-१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो । २२ वर्षपछि दक्षिण एसियाकै च्याम्पियन बन्दा पनि नेपाली टिमका कप्तान विमल घर्ती मगर भने दुःखी छन् । खेलमा सोचेअनुसारको प्रदर्शन गर्न नसकेपछि उनले दुःख व्यक्त गरेका हुन् । यद्यपी खेल जितेकोमा उनी खुसी छन् । उनले आफूहरुले राम्रो खेलेपनि अन्तिम समयमा सानो गल्ती हुनु दुर्भाग्य बताए । उनले भने, ‘हामीले राम्रो खेल्दाखेल्दै पनि अन्तिममा कमजोर भइदिँदा विपक्षी बोलियो भया, हामीले ६ मिनेट होल्ड गर्न सकेको भए ट्राइब्रेकरमा जानै पर्ने थिएन ।’ यता कप्तान बिमलले दक्षिण एसियामै इतिहाँस रच्न पाउँदा निकै खुसी लागेको बताए । ‘आजको खेल जितेर हामी इतिहाँस रच्न पाउँदा खुसी लागेको छ’, उनले भने, सबैले मायाँ गरिदिनु भएकोमा धन्यवाद हामी अझैं राम्रो गर्ने प्रयास गर्नेछौं ।’

इनेप्लिज २०७२ भदौ १२ गते १६:०० मा प्रकाशित

bhojraj-bhatt

‘सुन ली’ डकुमेन्ट्रीका निर्देशक भोजराज भाट हुन् । लामो समयदेखि पत्रकारितमा सक्रिया उनी यही डकुमेन्ट्रीबाट निर्देशकका रुपमा चर्चामा आए । आफुले सुनकलीलाई चिनाएको र सुनकलीले आफुलाई चिनाएको भन्दै भाटले खुसी व्यक्त गरे । पश्चिम नेपालस्थित मुगुका चेलीहरुको फुटबल प्रेमबारे बनाईएको डकुमेन्ट्रीले ५ वटा अवार्ड पाइसकेको छ ।

हालसम्म चार फेस्टिभलमा प्रदर्शन गरिएको सुनकलीले किम्फमा इसिमोड माउन्टेन बेस्ट फिल्म अवार्ड, बेस्ट जुरी अवार्ड, सोल्भानियाको माउन्टेन फिल्म फेस्टिभलमा जुरी अवार्ड–२०१५, टोरोन्टोमा अडियन्स अवार्ड–२०१५, पाकिस्तानमा बेस्ट डकुमेन्ट्री–२०१५ पाएको थियो ।

यही सुनकली डकुमेन्ट्री ट्राभलिङ किम्फ न्युयोर्कमा पनि प्रदर्शन हुने भएको छ । यसै परिवेशमा रहेर निर्देशक भाटसँग एभरेस्ट टाइम्सले सुनकलीबारे गरेको कुराकानीको सम्पादित अंशः

न्युयोर्कमा किम्फ हुदैंछ, सुनकली पनि प्रदर्शन हुदैछ, कस्तो लागेको छ तपाईलाई ?

एभरेस्ट टाइम्स पत्रिकाले विशुद्ध भावनाले नेपाली फिल्मलाई प्रोमोट गर्न लागेको छ । यो एकदमै स्वागतयोग्य कुरा हो । नेपाली फिल्मकर्मीका लागि खुसीको कुरा हो ।

सुनकली एकदमै चर्चामा आइरहेको छ, कसरी यसले चर्चा पायो ?

सुनकलीलाई किम्फले ओपनिङ फिल्म बनायो । यसले राम्रो माइलेज दियो । अन्तराष्ट्रिय रुपमा चिनाइदियो । दुईवटा अवार्ड पनि पायो । किम्फ नयाँ फिल्म मेकरका लागि एकदमै राम्रो प्लेटफर्म हो । किम्फका माध्यमबाट देशभर डकुमेन्ट्री देखाएमा धेरै राम्रो हुन्छ भनेर हामी किम्फलाई पनि सपोर्ट गरिरहेका छौ ।

यति सुन्दर सुनकली कसरी बन्यो ?

हामी खास फोटो खिच्न गएका थियौं । पछि रोचक खेल देखेर हामीले केही भिडियो पनि खिच्यौं । दश मिनेट जतिको भिडियो बन्छ कि भन्ने आशा गरेका थियौं । मुगुको फुटबल, कैलालीको फुटबल उनीहरुले न त कहिले जहाज देखेका थिए, न त सहर देखेका थिए । उनीहरुको फुटबल लगावले मेरो ध्यान तान्यो । उनीहरुको फुटबल खेल जितहार सबैलाई पछ्यायौ । पहिलो हामीले टिम कर्णाली भनेर नाम राखेका थियौ । त्यसपछि हामीले मुगुमा फोकस ग¥यौं । चारवटा गेममा सुनकली बेस्ट प्लेयर भइन । सुनकली बन्न २ वर्ष लाग्यो । यो डकुमेन्ट्रीका लागि १६५ घन्टाको भिडियो सुट गरेका थियौ हामीले । सुनकलीको नाम सुन भनेको सुन र कली भनेको केटी हो ।

B3gzpvCCAAAXNkZ

नेपालको कथा विदेशतिर देखाउनु कतिको फाइदाजनक कुरा हो ?

युरोपअमेरिकामा फुटबल भनेको पैसा कमाउने अवसर हो । हामीले सुनकली अमेरिका फोकस गरेका छौं । यो उनीहरुका लागि नयाँ कुरा हो । यहाँ फुटबल खेल्नका लागि बाआमासँग झगडा गर्नुपर्छ । अमेरिकाले महिला विश्वकपमा तीनपटक जित हासिल गरेको छ । यस्तो ठाउँमा हामीले सुनकलीलाई देखाउने धोको पहिलेदेखिको हो । हामी यी चेलीहरुको इच्छा र चाहनालाई मार्न सक्दैनौ । उनीहरुको जीवनमा पनि केही परिवर्तन आओस भन्ने चाहना हो । जसरी मलाई सुनकली चिनाइदिईन् । उनलाई पनि केही सहयोग गर्न पाएँ हुन्थ्यो भन्ने चाहना हो । अमेरिका जो फुटबल खेल्न बाआमाले नै आफ्ना सन्तानलाई घच्घचाउछन् । तर, ठिक विपरित हाम्रो कथा हो । यो कथाले पक्कै पनि उनीहरुको मनलाई पनि छुन्छ ।

कति भाषमा सबटाइटल बनिसकेको छ सुनकलीको ?

यो अहिले स्पेनिस, जर्मन, फ्रेन्च, स्लोभेनियन, मेसिडेनियन, कोरियन, जापानिज र अंग्रेजी भाषामा उपलब्ध छ ।

सुनकलीको विशेषता के हो ?

फुटबल खेल्न चाहने चेली र गाउँघरको कथालाई यसमा प्रस्तुति गरिएको छ । यसमा रोदन पनि छ यसमा हाँसो पनि छ । रहस्य पनि छ ।

सुनकली कहाँ के गर्दैछिन् ?

उनी अहिले मुगुकै गाउँमा कक्षा दसमा पढ्दैछिन् । हाम्रो टिमका ४ जना मेजर खेलाडीको बिहे भइसक्यो । दर्शकबाट आशा गरेको छु, सुनकलीलाई केही सहयोग होस ।

सुनकली कहाँ कहाँ लैजाँदै हुनुहुन्छ ?

१२ वटा फिल्म फेस्टिभलमा छानिसकिएको छ । विभिन्न ठाउँबाट ग्रिनि सिग्नल आइरहेकै छ । एकपटक लियोनल मेस्सीलाई पनि देखाउने मन छ । उनले सुनकली हेरोस र एकपटक सोसल साइटमा ‘मैले सुनकली हेरें’ भनेर लेखोस भन्ने चाहना छ ।

सुनकली स्टेडियम नभए पनि सुनकली फुटबल मैदानसम्म बनाउने योजना छ । सुनकली प्रोजेक्ट सुरु गर्ने योजना पनि छ ।

प्रतिक्रिया