शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०६:३५
वासिङटन डिसी 19:50

आदित्यले खुलासा गरे टीकापुर घटनाको रहस्य, भविष्यवाणी मिलेको दाबी

इनेप्लिज २०७२ भदौ १२ गते १४:५९ मा प्रकाशित

Aditya-Dahal-4काठमाडौं, १२ भदौ । आज भन्दा ठिक एक महिना अगाडि ‘गुगल ब्वाई’ आदित्य दाहाल उपचारका लागि अमेरिका उडेका थिए । अमेरिका जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई रुँदै उनले नेपालमा ‘अनिष्ट हुने भविष्यवाणी’ समेत गरेका थिए । जून कुरा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनासँग मेल खान्छ । उनले भविष्यवाणी गरेको एक महिना पुगेकै दिन भदौ ७ गते टीकापुरमा एसएसपीसहित ९ जना मारिने गरी हिंसात्मक घटना भयो । हाल क्यालिफोर्निया स्थित स्ट्याण्डफोर्ड अस्पतालमा फिजियोथेरापी गरिरहेका आदित्यले आफ्नो भविष्यवाणी मिलेपछि कैलालीको टीकापुरमा भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । बोल्न नसक्ने आदित्यले कागजमा हातले सन्देश लेख्दै टीकापुरको हिंसात्मक घटना घट्नुमा केही मधेसी नेता मूख्य कारण भएको खुलासा गरेका छन् । उनले टीकापुरको हिंसात्मक घटनामा केही नेताले पर्दा पछाडीबाट मनोबल दिने काम गरेको टिप्पणी गरेका छन् । यस्तो छ घटना भएकै दिन भदौ ७ गते आदित्यले लेखेको सन्देश : ‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि ? सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको छ । उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ ।’ यस्तै, उपचारका क्रममा अमेरिका पुगेका आदित्यको स्वाथ्यमा समेत केही सुधार आएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए । उनका अनुसार आदित्यको स्वास्थ्यको सबै परीक्षण भएपनि अन्तिम रिपोर्ट आउन बाँकी छ । उनलाई सधैं हाँसिरहने स्वभावले डाक्टरहरुले ‘ह्याप्पि व्वाई’ को उपाधि दिएका छन् ।

प्रतिक्रिया