मैनाली स्मृति पत्रकारिता पुरस्कार लुइँटेललाई

इनेप्लिज २०७२ भदौ १२ गते ३:४४ मा प्रकाशित

पथरी (मोरङ), १२ भदौ । प्रेस चौतारी मोरङले जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार विक्रम लुइँटेललाई प्रदान गर्ने भएको छ ।

मोरङको पथरी शनिश्चरेमा शुक्रबार साँझसम्म बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको सो पुरस्कार लुइँटेललाई दिने निर्णय गरेको अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पत्रकार लुइँटेल स्थानीय उज्यालो पत्र दैनिक र रेडियो पूर्वेलीमा आबद्ध हुनुहुन्छ । पुरस्कारको राशि रु ११ हजार रहेको छ । यसअघि सो पुरस्कारबाट पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान र ललिता भट्टराई पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया