मलेसियामा एकाबिहानै नेपाली चेलीले आत्महत्या गरिन

इनेप्लिज २०७२ भदौ ११ गते १२:५२ मा प्रकाशित

 

\

AIbEiAIAAABECJvS4pb4-bDItgEiC3ZjYXJkX3Bob3RvKig3YWZlOTRjYTllYzc3OGY5OGViY2VmYWJiY2MzYmFiY2M3ODIwNjcwMAHz6Mx_hecMVWrTNkBIR13li59miA

मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । १० महिना अगाडि रोजगारीका लागि मलेसिया पुगेकी पाँचथरको भारपा- ७ की २७ वर्षीय निलम पन्धाकले बुधबार बिहानै आफू बस्ने होस्टलको ट्वाइलेटमा आत्महत्या गरेकी हुन् । डोरीको पासो घाटीमा लगाइएको अवस्थामा उनी मृत भेटिएकी थिईन् । आत्महत्याको कारण खुल्न सकेको छैन् । निलम मलेसियाको मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत निलमको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पताल लगिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ । लिलमका श्रीमान र एक छोरा रहेका छन् ।

प्रतिक्रिया