सहमतिबाट संविधान जारी गर्न आग्रह

इनेप्लिज २०७२ भदौ ११ गते १०:०९ मा प्रकाशित

काठमाडौँ, ११ भदौ । विभिन्न राजनीतिक दलका नेता तथा अधिकारकर्मीले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुसलमान तथा सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चित गरेर मात्र सहमतिको आधारमा संविधान जारी गर्न आग्रह गर्नुभएको छ ।

अझै पनि समय भएको हुँदा मुख्य ठूला राजनीतिक दलहरूले बहुमतको आधारमा साना दलहरूलाई पेलेर जानुभन्दा पनि सबै दल र समुदायलाई समेट्नका लागि अन्तिम समयसम्म पहल गर्नुपर्ने उहाँहरूको भनाइ छ ।

विभिन्न राजनीतिक दल निकट भ्रातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालको अगुवाइमा यहाँ आज आयोजना गरिएको मोटरसाइकल ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा–माओपादीका नेता बुद्धि नेपालीले सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकारलाई कटौती गरी संविधान जारी गरिए कडा सङ्घ गर्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय जनमोर्चा निकट जातीय समता नेपालका अध्यक्ष दिलबहादुर विश्वकर्मा र दलित आन्दोलनका अगुवा पदम सुन्दासले अधिकारका लागि दलित समुदायले सडक, संसद् र पार्टीभित्र समेत तीव्र सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

पहिलो र दोस्रो संविधानसभाबाट पारित दलित समुदायको अधिकारलाई संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएको भन्दै दलित समुदायका करिब ३०० युवा सहभागी सो ¥याली तीनकुनेबाट सुरू भएर गौशाला, चाबहिल, महाराजगन्ज, कलङ्की, त्रिपुरेश्वर, माइतीघरमण्डला हुँदै नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगी कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया