गणेशमानलाई नेता बनाउन मङ्गलादेवीको योगदान थियो: उप प्रधानमन्त्री सिंह

इनेप्लिज २०७२ भदौ १० गते १५:२२ मा प्रकाशित

Rss_Images_1440684078210_AR-KTM-Mangaladevi-2काठमाडौँ, १० भदौ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहलाई नेता बनाउन मङ्गलादेवीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २० औँ स्मृति दिवसको कार्यक्रममा आज यहाँ आयोजित विचार गोष्ठीमा उपप्रधानमन्त्री सिंहले नेपालमा जहानीया राणा शासनविरुद्ध मङ्गलादेवीले सङ्र्घष गरी नेपालको प्रजातन्त्र स्थापना गर्न योगदान पु¥याएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “मङ्गलादेवीले महिलाहरुलाई सङ्गठित गर्नुपर्छ भनेर २००४ सालमा नेपाल महिला सङ्घको स्थापना गर्नुभएको हो ।”
नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनुभएका सिंहले वार्ताकै माध्यमबाट संविधान निर्माण गरिने भन्दै सबै दललाई वार्तामा आउन आग्रह गर्नुभयो । उहाँले बढीभन्दा बढी दलको सहकार्यमा संविधान निर्माण गरिने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् बालकृष्ण खाँडले मुलुकको प्रजातन्त्र र मानवअधिकारका लागि सधैँ कटिबद्ध हुने व्यक्ति स्व. सिंह भएको बताउनुभयो ।
नेपाल—भारत जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले नेपालमा महिलाको अधिकारका लागि सबैभन्दा पहिले सङ्गठित आवाज बुलन्द गर्दै नारी हक हित तथा प्रजातन्त्र प्राप्तिका निम्ति अनवरत सङ्घर्ष गर्ने पहिलो महिला नेत्री स्व सिंह भएको बताउनुभयो ।

सङ्घकी अध्यक्ष डा. डिला सङ्ग्रौलाले नयाँ संविधानमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालगायत मुख्य पदमा पुरुषसरह महिलालाई पनि अधिकार दिनुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया