शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २०:३४
वासिङटन डिसी 09:49

भर्जिनियामा दुई पत्रकारको हत्याराद्वारा आत्महत्या

इनेप्लिज २०७२ भदौ १० गते १३:३८ मा प्रकाशित

usa-flag-map

रुवानोक (संयुक्त राज्य अमेरिका), १० भदौ । अमेरिकी सहर भर्जिनियाको भर्जिनिया टेलिभिजन स्टेशनमा गोलीहानी दुई जना पत्रकारको हत्यागर्ने पत्रकारले पनि आत्महत्या गरेका छन् ।

उनले ती दुई जना पत्रकारमाथि गोली चलाएका थिए र दुवैको हत्या गरेका थिए । सो हत्यापछि उनले निकै नै डरलाग्दा तस्बिरहरु इन्टरनेटमा राखेका थिए ।

सो घटनापछि उनले आफैँलाई गोलीहानी आत्महत्या गरेका बताइएको छ । सो हत्यापछि हेर्दा उनले निकै नै डरलाग्दा दृश्यहरु इन्टरनेटमा राखेको पाइएको थियो ।

भर्जिनिया टेलिभिजनका लागि प्रत्यक्ष अन्तरवार्ता लिने क्रममा बुधबार दुई पत्रकारको हत्या गरिएको उक्त टेलिभिजन स्टेसन (डब्लुडिबीजे¬–७) ले जनाएको थियो । आक्रमणबाट घाइते बनेका टेलिभिजन पत्रकारद्वयको मृत्यु भएको हो ।

मारिनेमा अन्तरवार्ता लिइरहेका २४ वर्षीय एलिसन पार्कर तथा २७ वर्षीय फोटो ग्राफर एडम वार्ड हुन् । उनीहरुलाई गोली हानी हत्या गरिएको डब्लुडिबीजे¬–७ ले बताएको थियो र अन्तरवार्ताको केही दृश्य पनि सो टिभीबाट प्रशासित भएको थियो ।

प्रत्यक्ष प्रसारण भएकाले अन्तरवार्ताको केही भाग टिभीबाट प्रसारण भइसकेको र ती दृश्यकहरु पनि उक्त टिभीमार्फत नै प्रशारित भएका बताइएको छ । अन्तरवार्ता प्रसारण भइरहेका बेला नै यसरी उनीहरुमाथि गोली चलाइएको थियो ।

गोली हान्ने पत्रकार सोही टिभीमा कामगर्ने पूर्वपत्रकार रहेको पाइएको छ । भर्जिनियाको प्रहरीले बुधबार नै गोली हान्ने व्यक्ति सोही टिभीमा कामगर्ने पूर्व कर्मचारी रहेको अनुमान गरेको थियो ।

सोही बमोजिम नै गोलीहान्ने व्यक्ति उक्त टिभीमा कामगर्ने पूर्वपत्रकार भेष्टर लि फ्लागन रहेको पाइएको छ । उनले किन गोली हाने भन्ने बारेमा केही खुलेको छैन । उनी ४१ वर्षका थिए ।

तरपनि उनले सोही टिभीमा पहिला काम गरेको र उनलाई हटाइएकाले टिभीको आन्तरिक विवाद हुनसक्ने अनुमान गरिएको छ ।

भर्जिनियाको प्रहरीले आक्रमणकारी उक्त टेलिभिजनको असन्तुष्ट कर्मचारी भएको आशङ्का गरेको र उसलाई प्रहरीले बुधबार रातिसम्म पिछा गरिरहेको बताइएको थियो ।

उक्त हत्यापछि प्रहरीले आक्रमणकारीलाई नसमातेसम्म टेलिभिजनका कुनैपनि कर्मचारीलाई सुरक्षाका लागि स्टेसन बाहिर नजान अनुरोध गरेको थियो ।

उक्त आक्रमणकारीले अरुलाई पनि हमला गर्न सक्ने अनुमानका आधारमा प्रहरीले रातिसम्म नै कुनैपनि कर्मचारीलाई बाहिर नजान भनेको थियो ।

भर्जिनिया टेलिभिजनमा कार्यरत सो पूर्व कर्मचारीले पार्करसँग सम्बन्ध गाँस्न चाहन्थ्यो भनिएको छ । तर त्यसको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।

उनले आफैँलाई गोली हानेका थिए । त्यसपछि पनि प्रहरीले नियन्त्रणमा लिएको र पछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । अस्पतालमा नै उनको निधन भएको बताइएको छ । रासस÷एपी

प्रतिक्रिया