लगातारको बन्दबाट पेट्रोलियम पदार्थको अभाव

इनेप्लिज २०७२ भदौ १० गते १२:२८ मा प्रकाशित

petrolसप्तरी, १० भदौ । मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सप्तरीमा पेट्रोलियम पदार्थको अभाव भएको छ

सदरमुकाम राजविराजमा रहेका अधिकांश पेट्रोल पम्प तथा डिपोमा पेट्रोल र डिजेलको अभाव हुनुका साथै खाद्यान्नको पनि अभाव देखिएको छ ।

बजारमा पेट्रोल र डिजेलको अभाव भएपछि छिमेकी भारतीय बजारमा महँगो शुल्क तिरेर तेल किन्न जानुपर्ने बाध्यता रहेको एम्बुलेन्स चालक बताउँछन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल असपतालमा करिब डेढ दर्जन एम्बुलेन्स सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।
भारतीय बजार कुनोली, भीमनगर, वीरपुरको बजारमा गएर प्रतिलिटर भारु २०० मा तेल किन्नु परेको एम्बुलेन्स चालकको भनाइ छ ।

प्रतिक्रिया