सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:२४
वासिङटन डिसी 20:39

भर्जिनियामा अन्तरवार्ता लिँदै गर्दा दुई पत्रकारको हत्या

इनेप्लिज २०७२ भदौ १० गते २:५२ मा प्रकाशित

hatya-imageवाशिङ्गटन (अमेरिका), ९ भदौ । अमेरिकी सहर भर्जिनियाको एक टेलिभिजनको प्रत्यक्ष अन्तरर्वाता लिने क्रममा बुधबार दुई पत्रकारको हत्या गरिएको उक्त टेलिभिजन स्टेसन (डब्लुडीबीजे–७) ले जनाएको छ ।

आक्रमणबाट घाइते बनेका टेलिभिजन पत्रकारद्वयको मृत्यु भएको हो ।

अन्तरवार्ता लिने २४ वर्षीय एलिसन पार्कर तथा २७ वर्षीय फोटो ग्राफर एडम वार्डलाई स्थानीय समयअनुसार ६ः४५ बजे गोली हानी हत्या गरिएको डब्लुडीबीजे–७ ले बताएको छ ।

उनीहरुले मोनेटास्थित एक व्यापारिक महल ब्रिजवाटर प्लाजाबाट पर्यटन सम्वन्धि प्रत्यक्ष प्रसारणका लागि अन्तरर्वाता लिँदै थिए । प्रत्यक्ष प्रसारण भएकाले अन्तरवार्ताको केही भाग टीभीबाट प्रसारण भइसकेको छ ।

यसैबीच भर्जिनियाका गभर्नर टेरी म्याकअलिफले प्रहरीले संदिग्ध आक्रमणकारीलाई पिछा गरिरहेकोले छिट्टै पक्रिन सफल हुने बताउनुभएको छ ।

उहाँले आक्रमणकारी उक्त टेलिभिजनको असन्तुष्ट कर्मचारी भएको आशङ्का गरेको र उसलाई इन्टरसेट–६४ मा प्रहरीले पिछा गरिरहेको समेत बताउनुभयो ।

साथै प्रहरीले आक्रमणकारीलाई नसमातेसम्म टेलिभिजनका कर्मचारी, पत्रकार सबैलाई सुरक्षाका लागि स्टेसन बाहिर नजान अनुरोध गरेको छ ।

भर्जिनिया टेलिभिजनमा कार्यरत एक कर्मचारीले आक्रमणकारी पार्करसँग सम्बन्ध गाँस्न चाहन्थ्यो भनेका छन् ।

प्रतिक्रिया