अमेरिकामा भूकम्प पिडितको सम्झनामा रक्तदान
अमेरिकाको वाटर फोर्ड मिचिगनमा गत अगस्त २२ तारिख एव्रेस्ट तेक्वान्दो प्रशिक्षण भवनमा पहिलो पटक नेपालीहरुको प्रयासमा नेपालमा भएको भूकम्प पिडितहरुको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l
जसमा अमेरिका रेडक्रसको पूर्ण सहयोगमा ज्योति एव्रेस्ट तेक्वान्दो संघ ,एनआरएन मिचिगन शाखा र युनिभर्सल नेपलिज ते क्वान्दो फेडेरेसनको सक्रियतामा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ l
सो कार्यक्रम मिचिगन स्थित जन समुदायहरुको ठुलो जमघट भएको थियो l जसमा ३० जनाले रक्तदान गरेका थिए l यस किसिमको कार्यक्रमले अन्य थप कार्यक्रम गर्न हौसला मिलेको कुरा एनआरएन मिचिगन शाखाका अध्यक्ष जगन लाल श्रेष्ठले बताए l
कार्यक्रमको लागि स्थानीय समाज सेवी शरण श्रेष्ठ , एनआरएन मिचिगनका अध्यक्ष जगन लाल श्रेष्ठ , ज्योति एवेरेस्ट तेक्वान्दोका प्रशिक्षक अमुल गोर्खाली र अन्टिकका महासचिब लव प्रसाद गोर्खालीको संयोजनमा पहिलो पटक आयोजना गरिएको थियो l
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया