रूसमा झण्डादिवसको कथा

इनेप्लिज २०७२ भदौ ९ गते १६:१३ मा प्रकाशित

Eltsin&Flag1991

आजभन्दा ठीक २४ वर्षअघि तत्कालीन सोभियत संघको राजधानी मास्कोमा जुन अप्रत्यासित घटना घट्यो त्यसले विशाल सोभियत संघलाई १५ टुक्रामा तितरवितर पार्नका लागि विस्फोटकको काम गरेको थियो । तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाच्योभद्वारा देशमा लागू गरिएको ‘ग्लासनोस्त’ (खुलापन) र ‘पेरेस्रोइका’ (पुनर्निमाण) को नीतिको क्रमिक विकासस्वरूप गणतन्त्रहरूलाई बढी स्वयत्वता प्रदान गर्ने किसिमले नयाँ ढङ्गबाट सोभियत संघको पुनर्गठन गर्ने वार्तापश्चिात् नयाँ सन्धिपत्रमा हस्ताक्षरको मिति समेत तोकेर क्रिमियाको प्रख्यात स्वास्थ्यनिवास ‘फारोस’ मा आराम लिइरहेको समयमा उपराष्ट्रपति यानाएभको नेतृत्वमा त्यतिखेर देशको हालीमुहाली सम्हाल्ने सोभियत कम्युनिष्ट पार्टीको नेतृत्वले राष्ट्रपति अस्वस्थ भई कार्यभार सम्हाल्न नसक्ने अवस्था सृजना भएको बहाना बनाएर राज्यसत्ता राजकीय समितिको हातमा रहेको घोषणा गरी देशमा संकटकालीन अवस्था लागू गरेपछि एकातिर रूस गणतन्त्रको अध्यक्ष पदमा निर्वाचित बोरिस एल्चिनको नेतृत्वमा मास्कोवासीहरू सेतो रङ्गको हुनाले ‘ह्वायट हाउस’ भनिएको तत्कालीन रूस गणतन्त्रको संसद सर्वोच्च सोभियतको भवनको रक्षार्थ एकत्रित भए भने अर्कोतिर एकपछि अर्को गर्दै विभिन्न गणतन्त्रहरूले स्वधीनताको घोषणा गर्न थाले । अन्ततोगत्वा सोभियत संघको विघटन हुन गई बोरिस एल्चिनको नेतृत्वमा नयाँ प्रजातान्त्रिक रुस महासंघ अस्तित्वमा आयो ।

Atmotsargakarta trayako smarak
स्मरणीय के पनि छ भने सर्वप्रथम सन् १९९१ को २२ अगस्तका दिन सेतो रङ्गको विशाल आधुनिक प्रासाद हुनाले जनस्तरमा ‘ह्वाइट हाउस’ भनिने तत्कालीन संसद–भवनमा फहराइरहेको सोभियत संघको प्रतीक हँसिया र हतौडाअंकित रातो झण्डाको ठाउँमा जनआकांक्षाअनुसार रुसको तिरङ्गा झण्डा फहराइएको थियो । सन् १९९३ को ११ डिसम्बरका दिन रुस महासंघका राष्ट्रपतिको अध्यादेश नं. २१२६ बमोजिम अक्टोबर क्रान्तिपूर्वको रुसको तिरङ्गा झण्डालाई नै नयाँ रुसको राजकीय झण्डा स्वीकार गरियो । स्मरणीय के पनि छ भने रुसमा सन् १९१७ को फेब्रुअरीमा सम्पन्न भएको क्रान्तिपश्चात् जारशाहीको अन्त्य भए तापनि पनि रुसकै पुरानै झण्डा कायम रहेको थियो र त्यसै साल अक्टोकरमा लेनिनको नेतृत्वमा सम्पन्न भएको समाजवादी क्रान्तिपश्चात् पनि सन् १९१८ को ८ अप्रीलसम्म नै नयाँ सोभियत झण्डाले आधिकारिक मान्यता प्राप्त गरिसकेको थिएन । यसरी ७५ वर्षपछि मात्र रुसको पुरानै झण्डाले फेरि आधिकारिक मान्यता प्राप्त ग¥यो र सन् १९९४ को २० अगस्तका दिन तत्कालीन रुसी राष्ट्रपति बोरिस एल्चिनको अध्यादेश नं. १७१४ अनुसार हरेक वर्ष २२ अगस्तका दिन राजकीय रुपमा झण्डादिवस मनाउन थालिएको थियो ।

IMG_2974
नयाँ रुसले पुनः ग्रहण गरेको यो तिरङ्गा झण्डाको इतिहास चाहिं तीन शताब्दी पुरानो छ (तुलनाका लागि भनौं, नेपालको सूर्य–चन्द्राङ्कित राष्ट्रिय झण्डा कम्तीमा पनि १५ शताब्दी पुरानो छ र काकताली परेभैंm गरी त्यसमा पनि यी तीनै रङगको समन्वय छ) । ईसाको सत्रौं–अठारौ शताब्दीमा रुस साम्राज्यको स्थापनाको समयमा क्रमशः सेतो–नीलो–रातो रङ्गको झण्डा रूस राष्ट्रको शक्तिको द्योतक ‘ओ¥योल’ (‘बाज’) भनिएको प्रथम रुसी जलपोतमा फहराइएको थियो (स्मरण रहोस्, यूरोप र एशिया महाद्वीपमा पैmलिएको रुसको राष्ट्रिय चिन्हमा पनि दुईतिर टाउको फर्काएर हेरिरहेका दुईटाउके बाज अङ्कित छ) । तर भोल्गा नदीमा चलाइएका यस जलपोतलाई स्तेपान राजिनको नेतृत्वमा भएको किसान विद्रोहको क्रममा आस्त्राखानमा विद्रोहीहरुले जलाइदिएका थिए । पछि सन् १७०५ को २० जनवरीका दिन जार पीटर महान्को अध्यादेशअनुसार जलपोतहरुमा तिरङ्गा झण्डा फहराउनु अनिवार्य गरियो । तत्पश्चात् वेला वेलामा तिरङ्गा झण्डाको रुपरङ्गमा हेरफेर ल्याइएको थियो । उदाहरणार्थ जार अलेक्सान्द्र द्वितीयले सन् १८६५ को १ जनवरीका दिन जारी गरेको आदेशअनुसार कालो–पहेंलो–सेतो रङगलाई रुसको राष्ट्रिय रङ्ग घोषित गरिएको थियो र यस्तो तिरङ्गा झण्डा सन् १८८३ सम्म नै अस्तित्वमा रहेको थियो ।
नयाँ जार अलेक्सान्द्र तृतीयले सन् १८८३ को २८ अप्रीलका दिन उत्सव–पर्वहरुमा सेतो–नीलो–रातो झण्डा फहराउने आदेश दिए भने सन् १८९६ मा जार निकोलाइ द्वितीयले रुसको राष्ट्रिय झण्डाको प्रश्नमा छलफल गर्न विशेष सभाको आयोजना गरे । उक्त सभाले यस्तो तिरङ्गा झण्डालाई नै रुसको राष्ट्रिय झण्डा घोषित गरेको थियो । त्यतिखेर नै रुसको झण्डाको तीनै रङ्गलाई आधिकारिक रुपमै यसरी अथ्र्याइएको थियो ः एकातिर सेतो, नीलो र रातो रङ्गलाई क्रमशः बेलोरुस, मालाया रुस (वर्तमान युक्रेन) र महारुसको संयुक्तताको प्रतीक मानियो भने अर्कोतिर स्वधीनता र स्वतन्त्रताको प्रतीक सेतो, रुसकी संरक्षिका देवमाता (रुसीमा बोगोमातेरी) को द्योतक नीलो र सत्ताको प्रतीक रातो रङ्गको अर्थ लगाइयो । ‘सम्पूर्ण महा, लघु तथा श्वेत रुसका सम्राट्’ भन्ने जारको प्रशस्तिको आधारमा पहिलो प्रकारको व्याख्या आधारित थियो भने दोस्रो प्रकारको व्याख्या चाहिं भावात्मक र आध्यात्मिक चरित्रको थियो ।
हाल रुसको राष्ट्रिय झण्डाका तीन रङ्गको व्याख्या विभिन्न प्रकारले गरिएको पाइन्छ । प्राचीन रुसमा निम्न प्रकारले यी तीन रङ्गहरुको व्याख्या गरिएको पइन्छ ः सेतो – स्पष्टता तथा कल्याणकारिता, नीलो – आस्था, इमान्दारिता, स्वच्छता र सुकोमलता, रातो – पुरुषार्थ, साहस, उदारता र प्रेम । यी तीन रङ्गले क्रमशः अर्थाडक्स चर्च, जारवंशको सत्ता र रुसी जनताको एकत्वको समेत द्योतन गर्दछन् । यो प्रतीक जनमानसमा समेत धर्म, राजसत्ता र पितृभूमिको रुपमा अथवा अर्थाडक्स चर्च, जारको शासन र जनतत्वको अर्थमा पनि प्रचलित रहेको थियो । रुसको झण्डाको तीन रङ्गले आस्था, आशा र आसक्तिको पनि द्योतन गर्दछ भन्ने राय पनि व्यक्त गरिएको पाइन्छ ।
तलको तालिकामा रुसको तिरङ्गा झण्डाका रङ्गहरुको प्रतीकात्मक अर्थको खाका उतारिएको छ ः
तिरङ्गा झण्डाको रङ्गको प्रतीकात्मक अर्थ
रङ्गको प्रतीक प्राचीन रुसमा सन् १९१७ को समाजवादी क्रान्तिपूर्वको रुसमा वर्तमान रुसमा

त्रिएकत्वको द्योतक जारको प्रशस्तिअनुरुप प्रतीकात्मक अर्थ प्रतीक
सेतो स्पष्टता तथा कल्याणकारिता धर्म (ंअर्थाडक्स चर्च) बेलाया रुस (श्वेतरुस) स्वतन्त्रता आस्था (विश्वास)
नीलो आस्था, इमान्दारिता, स्वच्छता र सुकोमलता
राजसत्ता (जारको शासन) मालाया रुस (लघुरुस)
(वर्तमान युक्रेन) देवमाता (बोगोरोदित्सा) आशा
रातो पुरुषार्थ, साहस, उदारता र प्रेम जनतत्व –जनता) भेलिकाया रुस (महारुस) सत्ता आसक्ति (प्रेम)

Parkma Jhanda Diwas

वर्तमान समयमा रुसको राजकीय झण्डाका तीन रङगहरुको कुनै औपचारिक व्याख्या गरिएको छैन र आम रसियाली जनताबाट परम्परानुसार ती रङ्गहरुको प्रतीकात्मक तात्पर्यलाई नै अनुबोध गरिएको छ भन्न सकिन्छ ।
यस साल रुसको राजकीय झण्डादिवस मनाउने क्रममा नयाँ रूसमा वैधानिक सत्ता र उदार नीतिको रक्षार्थ आत्मोत्सर्गकर्र्ता दिमित्री कोमार, इल्या क्रिचेभ्स्की र भ्लादिमिर उसोभले सहादत प्राप्त गरेको स्थानमा बिहान पुष्पाञ्जलि अर्पण गरिनुका.साथै दिनभरि मास्कोका पार्कहरुमा विभिन्न उत्सव कार्यक्रमहरु सम्पन्न गरिएका थिए भने अँध्यारो भएपछि विभिन्न देशहरुको सहभागितामा रङ्गीविरङ्गी आतसबाजी प्रतियोगिताको आयोजना गरिएको थियो । मास्को राजकीय विश्वविद्यालयको ३३ तले गगनचुम्बी भवनसमक्ष मास्को नदी नागवेली परेर बगेको ठाउँको ढिस्को अर्थात् (सोभियत कालमा लेनिन पर्वत भनिने भङेरे डाँडोको पूरै मास्को महानगरी छर्लङ्ग देखिने दर्शकदीर्घामा पुग्ने राजधानीवासीहरुले हर्षोल्लासका साथ मास्कोको आकाश झिलिमिली पार्र्ने त्यो भव्य आतसबाजी हेरेका थिए ।

Rusko vishal Jhanda
दिनाङ्क ःः २३ अगस्त २०१५ (आइतवार),
मास्को, रुस महासंघ ।

प्रतिक्रिया