हिंसात्मक आन्दोलन नगर्न नेता नेपालको अपिल

इनेप्लिज २०७२ भदौ ९ गते १५:०३ मा प्रकाशित

Madhav-Nepalकाठमाडौँ, ९ भदौ । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान लेखनको अन्तिम चरणमा सामाजिक सद्भाव बिथोलिने गरी हिंसात्मक आन्दोलन नगर्न अपिल गर्नुभएको छ ।

नेता नेपालसहित सभासद्हरु डा वंशीधर मिश्र, लालबाबु यादव, रामकुमार भट्टराईले आज संयुक्तरुपमा जारी गर्नुभएको अपिलमा संविधानसभाबाट संविधान बन्ने प्रक्रियाको अन्तिम चरणमा सीमाङ्कनसम्बन्धी असन्तुष्ट पक्षको विरोधका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै यस्ता कार्य नगर्न अपिल गर्नुभएको हो ।

अपिलमा यही भदौ ७ गते कैलालीलगायत मुलुकका विभिन्न स्थानमा भएको हिंसात्मक घटनाले आपूmहरुलाई अत्यन्त दुःखीका साथै स्तब्ध बनाएको र भदौ ८ गते गौरमा भएको घटनामा रौतहट मठिआ गाविस निवासी राजाराम ठाकुरको प्रहरीको गोली लागि मृत्यु भएकोप्रति मर्माहत भएको उल्लेख गरिएको छ ।

यस्ता घटनाका कारण सदियाँैदेखि रहेको सामाजिक सद्भाव बिथोलिन नदिन र कुनै प्रकारको उत्तेजना तथा हिंसात्मक गतिविधि हुन नदिनका साथै सबैखाले असहमतिलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न अपिलमा आग्रह गरिएको छ ।

प्रतिक्रिया