बिहीबार, मंसिर १८ २०७७
काठमाडौं २३:२५
वासिङटन डिसी 12:40

किन गए उपेन्द्र सुटुक्क भारत ?

इनेप्लिज २०७२ भदौ ९ गते १४:४१ मा प्रकाशित

upendra-yadavकाठ्माण्डौं, ९ भदौ । कैलालीको टिकापुरमा स्थानीयलाई उक्साएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत मधेसी नेताको टोली सोमबार झापा पुग्यो । तर, झापामा भने उपेन्द्रले सोचेकोजस्तो उपस्थिति थिएन ।

मरितरी २ सय जनाको उपस्थिति भएको कार्यक्रममा उनले खाटमा उभिएर भाषण दिए । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले भाषण गर्दागर्दै फोरम अध्यक्ष यादव र नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कहिँबाट पालैपालो फोन आयो ।

अतालिँदै उनीहरुले फोनमा कुराकानी गरे । उनीहरुलाई कैलालीको टिकापुरमा आन्दोलनकारीले ७ जनाको हत्या गरेको खबर आएको थियो त्यतिबेला । निकै अतालिएका यादव त्यसलगतै आफ्नो भाषण पनि सक्न नपाउँदै भारत छिरेका छन् ।

फोन गोजीमा राखेर भाषण गर्न खाटमा उक्लिएका यादवको बोली लरबराउँदै थियो । प्राबिधिक कठिनाई आएको भन्दै यादव हतारमा त्यहाँबाट निस्किए । त्यसपछि उनी सुटुक्क पसे भारततिर ।

उनी भारत नै गएको नदेखाउन मोटरसाइकल चढेर बिर्तामोडको उत्तर (शनिश्चरे लाइन)तर्फ गएका थिए । तर, शनिश्चरे लाइन पस्नासाथ अलिकति मास्तिर रहेको एभरेष्ट बैंकबाट पूर्व छिरेर कनकाइ कलेजको रोड हुँदै फेरि राजमार्गमै निस्किए । त्यसपछि यादव यति तीब्र गतिमा भागे कि, उनी आधा घण्टामै भारतको सिलगुडी पुगेका थिए ।

कैलालीमा आक्रमण भएको सुन्नासाथ डरले ओठमुख सुकेका तमलोपाका अध्यक्ष ठाकुर, सद्भावनाका अध्यक्ष महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायतका नेता कुन दुलोमा पसे, कसैले पत्तो पाउनै सकेनन् । फोन आएपछि निकै अतालिएका तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भाषण गर्दागर्दै कार्यक्रम सञ्चालकमाथि पनि भम्टिँदै थिए ।  जनआस्था साप्ताहिकमा खबर छ । 

प्रतिक्रिया