आइतबार, मंसिर १४ २०७७
काठमाडौं ००:२५
वासिङटन डिसी 13:40

भारत समूह विजेता बन्दै सेमिफाइनलमा

इनेप्लिज २०७२ भदौ ९ गते १३:०९ मा प्रकाशित

Ramjanam-Chaudhary-650x450

काठमाडौँ, ८ भदौ । पहिलो १९ वर्षमुनि (यु–१९)को साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा भारत माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्को मैदानमा आज भएको खेलको ४१ औँ मिनेटमा भारतका लागि मोइनुद्दिनले पहिलो गोल गरेका थिए । त्यस्तै ४७ औँ मिटेमा लालरामजुआभा खिनाङ्तेले दोस्रो गोल गरेका थिए भने ७१ औँ मिनेटमा अनिरुद्ध थापाले थप एक गोल गरेपछि भारतले जित हासिल गरेको हो । माल्दिभ्सले गोलका अवसर बनाए पनि गोल गर्न भने सकेन । हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरएको छ भने भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतसँगै समूह बीबाट उपविजेता बन्दै अफगानिस्तान पनि सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि माल्दिभ्स अफगानिस्तानसँग ३–१ ले पराजित भएको थियो । आगामी ्िबहीबार सेमिफाइनलका दुवै खेल हुनेछ । सेमिफाइनलमा नेपालले अफगानिस्तानको तथा भारतले बङ्गलादेशको सामना गर्नेछन् । फाइनल खेल यही भदौ १२ गते अपराह्न ३ बजे हुनेछ । रासस

प्रतिक्रिया