मुलुक संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा: प्रचण्ड
काठमाडौँ, ९ भदौ । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताउनुभएको छ ।
नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो–“यो संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको कुरा हो ।”
“संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्न सकिए पनि समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको छ”– अध्यक्ष दाहालले भन्नुभयो ।
संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हँुदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नुलाई स्वभाविक हो भन्दै उहाँले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो–“सबैको भावनालाई सम्बोधन गर्ने ढङ्गबाट जुन किसिमले अघि जानुपर्दथ्यो, त्यो कहीँ कहीँ धर्मराएको छ, यद्यपि संविधानसभाको बनोटअनुरुप आउन सक्ने दस्तावेज भने यही नै हो ।”
एउटा युगबाट अर्काे युगमा प्रवेश गर्दा ठूलो छाती बनाएर जानुपर्ने आवश्यकतामा मस्यौदा कहीँ न कहीँ सङ्कुचन र खुम्चेको बताउँदै उहाँले संविधान लेखन प्रक्रिया अहिले इतिहासको पेचिलो मोडमा रहेकाले नेपाली जनता अहिले छिटो सङ्घीय लोकतान्त्रिक संविधानको घोषणा होस् भन्ने पक्षमा रहेको धारणा राख्नुभयो ।
संविधानसभाबाट यो मस्यौदामा पाउनु भनेको गर्व गर्नुपर्ने अवस्था रहेको छ, यो विधेयकले प्रगतिशील कुरा उठाएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो–“सङ्घीय समाजवादी मोर्चालगायतका मधेसवादी दल र अरू पक्षलाई संविधान लेखनको प्रक्रियाबाट नबाहिरन, वार्तामा आउन, समस्या समाधानमा योगदान पु¥याउन म आग्रह गर्दछु ।”
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया