संविधान निर्माणको जिम्मेवारीलाई सबै एकबद्ध भएर पूरा गरौँ: अध्यक्ष ओली
काठमाडौँ, ९ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवम् सभासद् केपी शर्मा ओलीले संविधान लेखनलाई निष्कर्षमा पु¥याउन अत्यन्तै संयमित र धैर्यताका साथ योगदान पु¥याउन सबैसँग आग्रह गर्नुभएको छ ।
नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो–“हामी अत्यन्तै असाधारण र अत्यन्त गुणस्तरीय संविधान निर्माणको प्रक्रियाको अभ्यासमा छौँ, यसले लोकतन्त्रको मूल्यमान्यतालाई गहिरोसँग आत्मसात् गरेको छ ।
लोकतान्त्रिक संविधान लेखनको हिसाबले हामी अत्यन्तै ऐतिहासिक र गम्भीर मोडमा आइपुगेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो–“आफना जनप्रतिनिधिबाट संविधान बनाएर घोषणा गर्ने जनताको लामो चाहनाको अत्यन्त नजिक पुगेको छौँ ।
शक्ति पृथकीकरण, न्यायपालिका, संवैधानिक निकायलाई स्वायत्त र स्वतन्त्र बनाउने पक्षमा मस्यौदाले ख्याल गरेको भन्दै उहाँले सामाजिक न्याय, समानतालगायत जनताले प्राप्त गर्नुपर्ने अरू हकअधिकार स्थापित गराउने र मुलुकलाई विकासको पथमा लैजाने दृष्टिबाट मस्यौदा महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुभयो ।
अरू संविधान लेखन प्रक्रियाभन्दा जोखिमपूर्ण र कठिनाइका बाबजुद उन्नत लोकतन्त्रको अभ्यास गर्ने क्रममा संविधानसभाबाट संविधानको मस्यौदा निर्माण भएको जनाउँदै अध्यक्ष ओलीले संविधान लेखन प्रक्रियालाई कतिपयले बिथोल्ने प्रयास गरेकाले उनीहरुबाट सजग रहन आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयोे–“संविधान निर्माणको जिम्मेवारीलाई सबै एकताबद्ध भएर पूरा गरौँ, हामी नेपाली दाजुभाइ एक अर्काेको शत्रु होइनौँ भनेर सामाजिक सद्भाव कायम राख्ने काम गरौँ, छलफल गरेर अघि बढ्न सक्छौँ ।”
अध्यक्ष ओलीले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ सहमति र सम्झौता दस्तावेजका रुपमा आएकाले सोहीअनुसार बुझ्न, बुझाउन र ग्रहण गर्न आग्रह गर्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया