संविधान लेखनलाई निष्कर्षमा पुर्याउन सभासद्लाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री एवम् सभासद् सुशील कोइरालाले सबैको भावनालाई बुझेर शालीनताका साथ संविधान लेखनलाई निष्कर्षमा पुर्याउन सबै सभासद्लाई आग्रह गर्नुभएको छ ।
नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिँदै उहाँले नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरुबीचको साझा डकुमेन्ट भएकाले यसलाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।
मस्यौदामा देखिएका कमीकमजोरीलाई परिमार्जन र सुधार गरेर जान सकिन्छ भन्दै प्रधानमन्त्री कोइरालाले यसलाई आवश्यक पर्दा संशोधन गरेर अघि बढ्न सकिने भएकाले मेरा सबै कुरा समेटिएन भनेर नआत्तिन सुझाव दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो–“सबै पार्टीले परिमार्जन गर्न मिल्छ भनिरहेको छ, अब जनतालाई छिटो संविधान दिनुपर्छ, संविधान दिन नसक्दा नसोचेका घटना भइरहेका छन्, मुलुकमा अमनचयन गरेर संविधान दिनु आजको आवश्यकता हो । सबै मिलेर शान्ति कायम गराँै, जति अशान्ति भयो त्यति नै नोक्सान हुन्छ, सुरक्षाकर्मीलाई पनि ज्यादती नहोस् भनेर भनिरहेका छौँ ।”
प्रधानमन्त्री कोइरालाले शान्तिका साथ परिवर्तनलाई संस्थागत गर्न संविधान जारी गरेर त्यसमा देखिएका कमीकमजोरी सुधार गरेर अघि जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया