सोमबार, मंसिर १५ २०७७
काठमाडौं १०:३८
वासिङटन डिसी 23:53

भूकम्पपछि विस्थापित लाङटाङवासीलाई हवाईमार्गबाट सामान ढुवानी

इनेप्लिज २०७२ भदौ ९ गते ३:५८ मा प्रकाशित

धुन्चे (रसुवा), ९ भदौ । भूकम्पपछि विस्थापित लाङटाङवासीलाई हवाईमार्गबाट सामान ढुवानी गरिएको छ ।

स्थानीय पुनर्वास अभियान्ता सेननुर्पु तमाङका ओएम नेपाल नामक संस्थाको सहयोगमा जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रदान गरेको टेन्ट, चामल, नुनजस्ता सामग्री फिस्टेल यअर कम्पनीले हेलिकोप्टरबाट पहिलो चरणको सामग्री ढुवानी गरिएको हो ।

फिस्टेल यअरका अनुसार सोमबार आठ र मङ्गलबार छ गरी १४ उडान भरी ढुवानी गरिएको र ढुवानीकर्ता संस्थाको अर्डरमा क्रमशः उडान भर्दै लगिनेछ । विस्थापित भई काठमाडौँको स्वयम्भूस्थित पहेँलो गुम्बाका चार सय ९६ जना लाङटाङवासीलाई केही दिनपछि लाङटाङको स्याङजेनमा पु¥याइने अभियान्ता तमाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया