आइतबार, मंसिर १४ २०७७
काठमाडौं २१:३१
वासिङटन डिसी 10:46

दुई वर्ष कैद सजाय

इनेप्लिज २०७२ भदौ ९ गते ३:५७ मा प्रकाशित

jail-650x250इलाम, ९ भदौ । जिल्ला अदालत इलामले बाँझो–९ का मनिकुमार लिम्बूलाई २ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लिम्बूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिम कसुर गरेको ठहर गर्दै मङ्गलबार २ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सवारीधनी सोयाक निवासी सानो लिम्बूलाई सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी चलाउन दिएको भन्दै अदालतले दुई महिना कैद सजाय सुनाएको छ । लिम्बूले ट्याक्टर चलाउने क्रममा गत चैत २ गते सोयाकमा एक बालकको ज्यान गएको थियो ।

प्रतिक्रिया