प्रेस बिज्ञप्ती

इनेप्लिज २०७२ भदौ ९ गते ०:३६ मा प्रकाशित

आदरणीय नेपाली जनसमुदायहरु, गत भदौ ६ गते सोमवार कैलाली जिल्लाको टीकापुरमा घटेको हिसांत्मक घटनाले NRN-USA MARYLAND CHAPTER लाई स्तब्ध बनाएको छ ।
हामी नेपालीको दुख, पीडा, तनाव ,चिन्ता र ब्याकुलता नियती नै बनिसक्को । जब जब सम्स्याको समाधान हुन हुन लाग्छ फेरी एक न एक अकल्पनीय दुर्घटनाको बज्रपात हामी माथी परीराखेको हुन्छ । चाहे त्यो प्राकृतिक या भौतिक जताततै बाट हामी सरापीई राखेका छौ । टीकापुरको कहालीलाग्दो उक्त घटना ब्याक्तीगत स्वार्थ र हठका कारण घट्न गयो त्यो हाम्रो लागी बिडम्वना हो , किनभने यो बर्वरतापुर्ण हिंसात्मक घटना राजनितीक घटना हुनै सक्दैन । राजनिती आफैमा उच्च निती हो । छल, कपट, वल, र चतुर्यायी बाट मानवहत्या गरी क़लम भन्दा तलवार ठुलो ठान्नु आफैमा मानसिक विचलन हो । लोकतन्त्रमा राजनीतिक सम्स्याको समाधान बार्ता बाट हुन्छ भाला बाट होइन । आफुलाई गरीव, निर्धन, निर्वल र दुखीहरुको नेता ठान्ने मधेसी नेताहरु चादीको थालमा आफ्नो फोहोरी पाउ राखेर शिवलीङलाई जस्तो दुधले धुन लगाई जल खान लगाउने अनी आफु तराई प्रदेशको महाराज बन्ने सपना बोकी ती निमुखा जनताको मृत्युको मुल्य ५० लाखतोक्नु कहाको निती हो । २ बर्शे त्यो बिचरा अबोद बालक ले के कैलाली लाई टुक्राउन खोजेको थियो र उसको टाउको गोलीले उड्याईयो ।यीनीहरु कैलाली जिल्लाका रक्षक होहनन राक्षस हुन । हिजो कैलालीमा बाडीपहिरो आउंदा ज्यान बचाईदिने ती राष्ट्र सेवक आज तिनैको हातबाट आततायी ढंगले जिउदै जलेर मर्नु पर्यो । यस्तो ज़्यादतीले कुनै पनी हालतमा न त लोकतन्त्र दर्हो हुन्छ न त संघीयतामा नै राष्ट्र जान सक्छ र उक्त हिंसात्मक घटानामापरि मृत्यु हुने राष्ट्र सेवक र त्यो अवोध वालक को दिवंगत आत्मको चिरशान्तीको कामना तथा श्रद्धान्जली अर्पण गर्दै शोक सन्तब्ध परिवारप्रती समावेदना प्रकट गर्दछौ र घटानामापरि घाईत हुनुभएकाहरुको स्वास्थ्यको शिघ्रलाभको कामना समेत गर्दछौ ।
आगामी दिनमा सामाजिक सदभाव र बिखन्डन निम्त्याउने तल्लो स्तरका आततायी गतिबिधी हुन बाट रोक्दै यस्ता हिंसात्मक घटना नदोहोर्योस र नेपालमा अमनचयन क़ायम होस साथै घटनाको छानबीन गरी दोषीउपर कड़ा भन्दा कारबाही को लागी एनआरएन युएसए मेरील्यान्ड नेपाल सरकारमा जोडदार माग गर्दछ ।
जेदु पोखरेल
अध्यक्ष
एनआरएन युएसए
मेरील्यान्ड च्याप्टर
अगस्त २५, २०१५

प्रतिक्रिया