मंगलबार, असार ८ २०७८
काठमाडौं १६:२२
वासिङटन डिसी 06:37

पार्टीको नीति निर्देशनअनुसार चल्न अध्यक्ष ओलीको सभासद्लाई निर्देशन

इनेप्लिज २०७२ भदौ ८ गते १६:०९ मा प्रकाशित

Rss_Images_1440496095034_Rosan-Ktm-4dal (3)काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको अन्तिम र जटिल अवस्थामा रहेकाले पार्टीको नीति, दृष्टिकोण, निर्णय र निर्देशनभन्दा बाहिर गएर नबोल्न सभासद्लाई निर्देशन दिनुभएको छ ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान लेखनका लागि पार्टीको नीति र आदेशअनुसार चल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

“संविधानसभामा पार्टीको ह्विप नलागे पनि पार्टीको कार्यकर्ता र सभासद्को हिसाबमा पार्टीको नीति निर्देशनअनुसार चल्न म आदेश गर्छु ।”

अध्यक्ष ओलीले भन्नुभयो “पार्टीका कार्यकर्ता, सभासद्लाई अध्यक्षको हैसियतले दिने आदेश हो यो ।” अन्यथा संविधान बनाउन नसकिनेतर्क गर्दै उहाँले सभासद् पार्टीको कार्यकर्ता र सिपाहीजस्तै भएका नाताले आदेशलाई शिरोधार्य गर्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले परिस्थितिलाई बुझेर छिटो ढङ्गले अगाडि जानुपर्नेमा जोड दिँदै हरेकले संशोधन प्रस्ताव हाल्ने होइन, दलको तर्फबाट अघि सारिएको कुरालाई अनुमोदन गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “चित्त बुझेको होस् वा चित्त नबुझेको होस् प्रमुख सचेतकले मात्र संशोधन हाल्ने छन् । हामी हरेकले संशोधन हाल्न थाल्यौँ भने त्यसले अनेक समस्या पैदा गर्छ ।”

अध्यक्ष ओलीले अगाडि भन्नुभयो “हामीले संविधानका बारेमा धेरै बुझिसकेका छाँै, पढिसकेका छौँ । चित्त बुझेन भनेर एउटाएउटा कुरामा संशोधन गर्ने कुरा हुँदैन । त्यसले वातावरण धमिल्याउँछ, बिर्गाछ ।”

संविधान लेखनलगायत पार्टीको नीति निर्देशनलाई कार्यान्वयन गर्ने सन्दर्भमा अरु पार्टीजस्तो एमालेका कार्यकर्ता पार्टीको धारणाभन्दा बाहिर नगएर अनुशासित बनेकोमा आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यसैकारण एमालेका १८३ जना सभासद् सशक्त र एकढिक्का भएर संविधानसभामा रहेकाले निर्णय गर्न सजिलो भएको छ ।”

हामीहरु विज्ञ होइनाँै, प्रदेशको सीमा निर्धारण आयोग गठन गरी त्यसको सिफारिसमा प्रदेशको सीमाङ्कन गर्नुपर्छ भनेर प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिमा एमाले अड्न खोजेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले सीमा निर्धारणको विषयमा सबैको एउटै मत हुनै नसक्ने, केही न केही विवाद भएरै छाड्ने बताउनुभयो ।

“एमालेका सभासद् भत्ता खान र सभासद्को लोगो लगाउन आएको होइन, संविधान बनाउन आएका हौँ, संविधान निर्माण गर्ने अभिभारा पूरा गरेरै छाड्छाँै यसलाई कसैले रोक्नै सक्दैन,” अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया