टीकापुर घटनामा ज्यान गुमाउने सुरक्षा कर्मचारीलाई एक तह पदोन्नति
काठमाडौँ, ८ भदौ । सरकारले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानले कर्तव्य पालनाका क्रममा देखाएको दृढता र अनुशासन सबैका लागि अनुकरणीय र अत्यन्त सम्मानयोग्य भएका कारण कायम रहेकोभन्दा एक तह बढुवा सम्मानार्थ गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।
सरकारले टीकापुर घटनाको अध्ययन तथा छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व मुख्य निर्देशक देवीराम शर्माको अध्यक्षतामा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी रहेको समिति गठन गरेको छ ।
सरकारले टीकापुर घटना आपराधिक, अमानवीय र निन्दनीय भएको जनाउँदै त्यसको भत्र्सना गरेको छ । शान्ति सुरक्षाको स्थिति कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै प्रवक्ता डा रिजालले समाजमा शान्ति स्थापनाका लागि सबै नागरिकसँग आग्रह गर्नुभयो ।
टीकापुर घटनापछि केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको र ती क्षेत्रमा स्थानीय रुपमा सुरक्षा निकाय परिचालन गरिएको उहाँले जानकारी गराउनुभयो । “हिंसा मुलुकले थेग्न सक्दैन, मुलुक संविधान निर्माणका चरणमा छ”– डा रिजालले भन्नुभयो “ राजनीतिक असन्तोषलाई सम्बोधन गर्ने ठाउँ सिर्जना हिंसाबाट मुक्त भएमा नै गर्न सकिन्छ, यो सबैले बुझ्नु आवश्यक छ ।”
संवेदनशील समयमा सम्प्रेषित समाचार थप सत्यतथ्यमा आधारित हुन आवश्यक हुने बताउँदै सूचना तथा सञ्चारमन्त्री डा रिजालले सबै सञ्चारगृहलाई त्यसतर्फ गम्भीर बन्न आग्रह गर्नुभयो । सामाजिक सञ्जालबाट व्यक्त गरिने कुरामा वस्तुनिष्ठता होस् भन्दै उहाँले प्रामाणिकताअनुसार सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
सरकारले आवश्यक सेवा ऐनअनुसार अत्यावश्यकीय वस्तुको प्राथमिकताका साथ सहज आपूर्ति गराउने बताउँदै मन्त्री डा रिजालले जनताका लागि देशभरिका राजमार्गमा आपूर्ति ढुवानीमा बाधा व्यवधान नगर्न आग्रह गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुुशील कोइरालाबीच आज भएको टेलिफोन वार्ताबारे जानकारी दिँदै मन्त्री डा रिजालले भन्नुभयो “सकेसम्म फराकिलो सहमतिबाट संविधान बनाउने काममा नेपाललाई सफलता प्राप्त सफल होस् भन्ने उहाँको सन्देश रह्यो । नेपाल सरकार र राजनीतिक दललाई हिंसाको अन्त्य र सामाजिक सद्भाव कायमका लागि गम्भीर हुन अनुरोध गर्नुभयो । ”
भारतले जहिले पनि शान्तिपूर्ण, सुरक्षित, स्थिर, लोकतान्त्रिक र समृद्ध नेपाल चाहेको भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री कोइरालालाई बताउनुभएको जानकारी दिँदै प्रधानमन्त्रीद्वयको वार्तालाई उद्धृत गर्दै मन्त्री डा रिजालले भन्नुभयो, सामाजिक विविधतामा अत्यन्त धनी स्रोत र साधनको ठूलो भण्डार रहेको नेपाल जस्तो देश र क्षमतावान् नेपाली जनताको मुलुकले आफ्ना जनताको चाहना पूरा गर्न र जनताका प्राथमिकता शान्ति र संविधान प्राप्तिको उद्देश्य प्राप्त गर्न सकोस् ।”
नेपाली जनताको शान्ति र संविधानको चाहना पूरा गर्न भारतको सदैव सहयोग रहने प्रतिबद्धता प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी कोइरालासमक्ष व्यक्त गर्नुभएको बताइएको छ । भारतीय प्रधानमन्त्रीले टीकापुरको घटनाप्रति पनि दुःख व्यक्त गर्नुभएको छ ।
दुई देशका उच्चतम कार्यकारी नेतृत्वबीच आज भएको टेलिफोन वार्ता र त्यसबारेमा केही सञ्चारमाध्यममा आएका समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सरकारका प्रवक्ता डा रिजालले आधार बेगर समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया