कैलालीको दंगाको बारेमा

इनेप्लिज २०७२ भदौ ८ गते १४:१७ मा प्रकाशित

धनगढी कैलाली । कैलालीको हिजो र आज भइरहेको दंगा सुनियोति षड्यन्त्रको रुपमा भएको कैलाली बासीले विचार गर्न थालेका छन् ।शुरु शुरुमा यहाँका सोझासाझा स्थानीय जनतालाई उचालेर विशेष गरी थारुहरुलाई केही नेताहरुले आन्दोलन गर्न पर्छ भनेका हुन् ।

शुरु शुरुमा नेताहरुको कुरा सुन्दा ठिकै जस्तो पनि लाग्थ्यो । फोरमका उपेन्द्र यादव,काँग्रेसका अमलेसकुमार, एमाओवादीका यहीका सभासद गौरी शंकरहरुले भनेपछियहाँका थारु जातिका जनताले ठिकै होला भन्ने बुझेका हुन् । यहाँका यिनी थारुजातिका जनतालाई धेरैलाई थारुहट भनेको केहो खासमा थाहा छैन । आफ्नोनेताले भनेको भएपछि राम्रो होला भन्ने उनको बुझाइ भइहाल्छ ।यस्तै धेरै दिनदेखि आन्दोलन चलेको थियो । कोही कोहीले थारुहट भएपछिपहाडेलाई पहाडतिर पठाउने र थारुको मात्रै राज हुने पनि बताएका थिए ।

उतातिर अखण्ड सुदुरपश्चिमको पनि आन्दोलन थियो भने कुनै कुनै जान्ने बुझ्ने थारुनेताहरु यो थारुहट भन्ने नारा माओवादीको हो, उसले युद्धको समयमा थारुहट् भनेर भनेको हुँदा अहिले आफू बच्न पनि थारुहरुलाई उचालेर भिडाउन खोजेको हो ।त्यसैले यस्तो आन्दोलनमा होसियारी हुनुपर्छ, थारुहट् भनेपनि थारुलाई उपयोग गर्न खोजेको र पछि थारुहट् दिनलाई माओवादीले नै नमान्ने पनि बताइरहेकाथिए । यहाँका लेखराज भट्टले अखण्ड सुदुरपश्चिम हुनुपर्छ नै भनेका छन् रे । उतामाओवादीकै बाबुराम संविधानको समितिमा सभापति छन् भनेपछि उनीले तयार गरेकोप्रदेश बाँडफाँडमा थारुहट् नराख्ने अनि फेरि यता जनतालाई आपसमा लडाउने द्वेत चरित्र माओवादीका नेताको देखिएको छ । तिमीहरुले ख्याल गर भनेर यहाँकामाओवादी भन्दा अर्को पार्टीका नेताहरुले भन्ने पनि गर्थे । अहिले आएर हिजोकोघटना हेर्दा कता कता यहाँ द्वन्द गराउन खोजेको मात्रै हो कि भन्ने शंकायहाँका स्थानीय वासीले मान्न थालेका छन् ।

आन्दोलनमा मर्नेलाई पचास लाख दिने कुरो पनि छ । त्यो कुरा भारतको रअलेभनेर उपेन्द्र र अमलेशहरुले भनेको भन्ने कुरा चलेको छ । अमलेस रअकै मान्छे हो भन्ने स्पष्ट नै छ रे । रअले नै माओवादी युद्ध गराएको भन्ने पनि सुनिन्छ ।बाबुराम पनि रअको नै एजेण्ट हुन् रे । त्यही भएर यिनीहरुको कुरा मिल्दो जुल्दोपनि हुन्छ । जसरी भएपनि नेपाललाई बर्बाद गर्ने र नेपालमा भएका प्राकृतिकसम्पत्तिप्रति आफ्नो प्रभाव राख्ने रअ र विदेशीहरुको खेल भएको जस्तो लाग्छ ।त्यसकै लागि यिनीहरुले कैलालीलाई आफ्नो प्रयोग गर्ने ठाऊ बनाउनखोजेको देखिन्छ । सुनिन्छ युरोपियन युनियन, मिसन टु नेपाल भन्ने आइएनजिओजस्ताले नेपालमा विखण्डन गर्न धर्मनिरपेक्षता र संघीयता गराउन खोजेका छन् । त्यस्कैलागि चाहिने पैसा लगाई रहेका छन् । अहिले आएर धर्मनिरपेक्ष भएपछि गाऊगाऊमा धर्मपरिवर्तन गराउनेहरु पनि निकै हिँड्ने गर्छन् र धर्मपरिवर्तन गर्ने रगराउन मद्दत गर्नेहरुलाई पैसा पनि दिने गर्छन् । थारुहरुमा धर्मपरिवर्तन भएकोथिएन अहिले आएर हुन थालेको पाइएको छ । यसले थारुहरुलाई आपसमा फुटाउनेकाम गर्छ, थारुमा धर्मपरिवर्तनलाई राम्रो मानिदैन तर अहिले हुन थालेको छ । यसरीसमाजमा विभिन्न खालको तरिकाले विभाजन गर्नेहरु क्रियाशिल भएको देखिन्छ । यस्तैकोचलखेलको क्रममा कैलालीको घटना हुन गएको बुझ्न पर्छ ।

भारतबाट भाडाका गुण्डाहरु पनि ल्याइएको शंका छ । माओवादीकापूर्वलडाकुलाई पार्टीले पनि खटाएको हुनसक्ने अनुमान छ भने कतिपय पेशेवरहरुलाई पनि खटाएको हुनसक्छ । थारुसमुदायको मात्रै मान्छेको त्यसरीप्रहरीलाई आगो लगाउने, प्रहरीमाथि मर्ने गरी आक्रमण गर्ने साहस र क्षमता हुँदैन । यो घटना भएपछि यहाँका केही जान्नेबुझ्ने व्यक्तिहरुकोसरसल्लाहमा यो घटना सुनियोजित नै भएको र त्यसमा अदृष्य रुपमा माओवादीको हातभएको हुनसक्ने अनुमान गरिएको छ । केही दिन पहिला माओवादीका वर्षमान पुनले दुई तीनसय नागरिक मारेर भएपनि आफ्नो उद्देश्य पूरा गर्ने खालको धारणादिएको कुरा आएको थियो ।आन्दोलनमा मर्नेको परिवारलार्य पचासलाख दिने र त्यो रकम रअमार्फत आउनेकुरा चलेको छ । यसरी बाहिरबाट पैसा र मान्छे ल्याएर हुने आन्दोलनले स्थापित थारुहटले थारुको हित गर्छ कि गर्दैन कस्ले ग्यारेन्टी गर्ने । विगतदेखि विभिन्नदमनशोषणमा पिल्सिएको थारुसमुदाय फेरि थारुहट्को आन्दोलनको भुमरीमा परेरउठिबास लाग्ने हो कि शंका लाग्न थालेको छ । संविधान जारी गरेपनि नगरेपनिनेपाललाई विखण्डन गर्नु रअ लगायतका विदेशी तत्वको नियत रहेको बुझिएको छभने माओवादीलाई पनि विकास हैन विनास गर्ने विचार रहेको प्रष्टिएकै छ किन भने उनीहरु दुईदुईवटा प्रधानमन्त्री हुँदा बरु विपा सम्झौता गर्ने धृष्टता गरे तरदेशको खासै विकास पनि गरेनन् बरु जनसेनाको नाममा आएको पैसा आफूहरुले खाएहिजोको घटनामा आन्दोलनकारी तर्फ कति हताहति भयो भन्ने थाहानहुनुको कारण र आन्दोलनकारीले पनि नबताउनुको कारण त्यहाँ भारतीय पेशेवरगुण्डाहरु प्रयोग भएका थिए, त्यसमा कोही मर्यो भने रअले पचास लाख दिने भनेकोछ । जसको लागि रअले मर्नेको खुलासा सकेसम्म नगर्नु लासलाई भारततिरै पठाइदिनु वामरेको निश्चित गरेर नदीमा बगाइदिनु वा पुरिदिनु भन्ने रहेको बुझिएको छ ।मधेशी अधिकार फोरमका सभासद रामजनम चौधरीले कुनै एउटा कार्यक्रममा अबगृहयुद्ध हुन्छ, तपाईहरुसँग कति गोली छ भनेर सरकारी पक्षलाई सोधेका थिए जसलेपनि प्रमाणित गर्छ कि यो घटना सुनियोजित हो भनेर । सुनिन्छ नेपाली कांग्रेसकासांसद अमलेशकुमार रअका एजेण्ट हुन् त्यस्तै बाबुराम भट्टराई पनि । माओवादीयुद्धनै रअले गराएको थियो र अन्य धेरै घटना नेपालमा रअका एजेण्टमार्फत रअलेनै गराउँछ । बेलाबेलामा अमलेसकुमारको र बाबुरामको कुरा मिलेजस्तो हुनुमा यहीयो घटनामा केही थारु चौधरी जो माओवादीको पार्टीमा बाध्यताबशलागेका छन् उनीहरु र केही अन्य थारु नेताको काबुमा परेकाहरुको संलग्नता छ ।

बाहेक अन्यले मनले समर्थन गरेका छैनन् मात्रै बाध्यता र डरले आन्दोलनमासहभागि भएका हुन् । हिजोको घटनापछि कसरी हुन्छ यसबाट मुक्ति पाउन पाएहुन्थ्यो भन्नेमा थारुहरु रहेका छन् । वास्तवमा थारुहरुलाई आफ्नो काम गरेरसुरक्षित तबरबाट जिवन निर्वाह गर्न पाए हुन्थ्यो भन्नेमा पुगेका छन् । यतिकै पनिधेरै गाऊका नाम, जिल्लाको नाम, शहरको नाम थारुहरुले नै राखेको नामबाटरहेको छ । पहिचानकै कुरा गर्ने हो भने पनि जति थारुहरुको भाषाबाट रहेका नामहरु रपहिचानहरु छन् तिनलाई बचाएर अबको दिनमा राज्यले थारु जातिलाई अध्ययन,स्वास्थ्य, रोजगारीलगायतका विषयमा उचित अवसर दिने हो भने अनिश्चित रहेको थारुहटनभए पनि हुनसक्छ । तर केही कुरा सुनिश्चित चाही हुनपर्ने देखिन्छ । प्रदेशकै सवालमानभए पनि राज्यपुनः संरचना गर्दा बन्ने जिल्ला वा क्षेत्रको नाम र सो प्रदेश भित्रथारुको लागि केही जिम्मेवारी र अधिकार सुनिश्चित गरेर पनि गर्न सकिन्छ । कुनै पनिपक्षले हठ गर्नुभन्दा पनि सहमतिपूर्वक तरिकाले निर्णयमा पुग्दा राम्रो हुन्छ ।

अन्यथा अन्तैबाट सञ्चालित हुने नेताहरुले थारुहटको पछाडि पनि अरु कुनै कुनियतराखेको हुनसक्ने लाग्छ ।जातीय दंगा मच्चाउनकै लागि आज विहान देखि केही पहाडि समूहलाई उचालेरथारु बस्तिहरुमा आक्रमण गर्न लगाउने रोल केही स्थानीय माओवादी कार्यकर्तालेगरेको देखिएको छ । थारुहरु र पहाडीबीचमा झडप गराउने र जसरी हुन्छ स्थितिअशान्तिपूर्ण गराउने द्वन्द गराउने नियत देखिएको छ । थारुहटको आन्दोलनथारुहरुको हितको लागि हो कि झन थारुहरुको दुदर्शाको लागि हो भन्नेअन्यौलमा थारु समाज रहेको छ । कतै सुरक्षा निकायले थारुलाई खोजी खोजी कारवाही गर्ने हो कि भन्ने पनि डर देखिएको छ ।अमलेशकुमार, उपेन्द्र यादव, विजय गच्छदारहरु कहाँबाट सञ्चालित छन् ? यिनीहरु के के बोल्दै छन् र घटना यस्तो भइरहेको छ । यसलाई गम्भीर तरिकाबाटसोँच्न जरुरी छ । यसरी लड्दै जाने हो भने सुरक्षा निकायले पनि सुरक्षा दिन सक्छ किसक्दैन भन्ने शंका देखिन्छ । र विभिन्न नियत भएका नेताहरुको र उनीहरु जहाँबाटसञ्चालित छन् त्यो ठाऊको चाहना भनेको पनि नेपाल आफ्नो सुरक्षाले नभ्याउनेबनोस र यो देश रुवान्डा, अफ्रिका जस्तो बनोस र त्यसमा उनीहरुको चलखेल गर्नेचाहना पूरा होस भन्ने रहेको जस्तो लाग्छ ।

पछिल्लो समयमा घटना ग्रस्त क्षेत्रमा भएका आगजनि पनि आफ्नो गल्तिछोप्नलाई आफैहरुले गरेर अरुलाई दोष दिन खोजेको जस्तो लाग्छ । धनिरामचौधरी, रामजनम चौधरीलगायतका यही आन्दोलन सँग सम्बन्धित नेताहरुकोआपसमा कुरा बाझिइरहेको पनि छ । कुनैले घुसपेठ भएको बताउँछन् भने कुनैलेघुसपैठ नभएको बताउँछन् । आफूहरु काठमाडौंमा बसेर यहाँ जनतालाई दुःख

दिएको भन्दै यहाँका जनताहरु ती नेताहरुलाई कैलाली बोलाउन भनिरहेका पनिछन् । माओवादीलाई अगाडि सारेर जनजाति, आदिवासी, थारु, मधेशी, मुस्लिमहरुलाईप्रयोग गरेर यो देशको अधिकार लिन खोजिरहेका विदेशी तत्वको बारेमा नेपाली सजगहुन जरुरी छ । [email protected]

प्रतिक्रिया