नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर प्रेश बिज्ञप्ती ।

इनेप्लिज २०७२ भदौ ८ गते १०:५३ मा प्रकाशित

मातृभूमी नेपाल मा संघियता मा आधारित लोकतान्त्रिक संबिधान निर्माण को अन्तिम अवस्थातिर अाइपुगेको आसलाग्दो अवस्थामा कैलाली मा भएको घटना ले दुखी र मर्माहत बनाएको छ ।

मुलुक भित्र रहेका सबै वर्ग समुदाय र क्षेत्रले अाआफ्ना हक अधिकार र अवसर को सुनिस्चितता चाहनु र राज्यले उपलब्ध गराउनु कर्तव्य नै हो र यस्तो अवस्थामा वार्ता जुलुस हड्ताल सभा हुनु कुनै अस्वभाविक पनि होइन । तर कैलालीमा हात हतियार ले सुसज्जित भिड बाट कर्तब्यनिस्ठ राष्ट्रसेवक सुरक्षाकर्मी हरु माथि भएको क्रुर एबम बरबरता पूर्ण आक्रमण को घटना ले विश्वसामु सिंगो राष्ट्र र नेपालीपनलाई नै लज्जित बनाएको छ ।

बिभिन्न जात धर्म र संस्कार लाई सौहाद्ररुपमा अंगिकार गर्दै आएको सयौं बर्ष देखिको नेपाली पहिचान लाई केही उग्र नेताहरुको उक्साहट मा कालो पोतेर मेटाउन खोजिएकोछ ।

शान्ती सुरक्षा कायम राख्दै आफ्नो कर्तब्य निर्बाह गरिरहेका सुरक्षाकर्मी हरुलाई जिउदै आगो लगाएर हत्या गरिएको घटना को जतिसुकै निन्दा र भर्तसना गरेपनी कमै हुन्छ । यस्ता पासबिक र आततायी कार्य गर्ने र गर्न प्रोत्साहित गर्ने हौसला दिनेहरु जुनसुकै जात धर्म लिंग र राजनितिकदल सँग सम्बन्धित भएपनी ति सबै हत्यारा र अपराधी हुन ।

यसकारण नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर र मेरो ब्यक्तिगत तर्फबाट उल्लेखित घटना मा संलग्न सबै अपराधी लाई कडा कारबाही हुन नेपाल सरकार सँग जोडदार माग गर्दछु ।

साथै सो घटना मा जीवन गुमाउनु हुने सबै प्रती हार्दिक श्रद्धान्जली सहित् उहाहरुकोको आत्मा को चीर शान्तिको कामना गर्दछु र शोक संतप्त सम्पूर्णमा गहिरो समवेदना प्रकट गर्दछु ।

अन्त्य मा सबै राजनीतिक दल सामाजिक संघ संस्था नागरिक समाज र सर्बसाधारण दिदिबहिनी दाजुभाइहरुमा शान्ती स्थापना,सदभाव र एकआपस मा मेलमिलाप को बातावरण सिर्जना तर्फ पहल गर्न समेत अपिल गर्दछु ।

राम शरण हुमागाइ
सभापति
नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर

प्रतिक्रिया