आइतबार, असार ६ २०७८
काठमाडौं ०४:३३
वासिङटन डिसी 18:48

आज एघारौं दिन पनि बन्द

इनेप्लिज २०७२ भदौ ८ गते ४:४६ मा प्रकाशित

Bandaजनकपुरधाम, ८ भदौ । मधेसी मोर्चाको बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

बन्दले गर्दा तरकारी आयात हुन सकेको छैन भने उपभोक्ताले महँगो मूल्यमा तरकारी किन्नु परिराखेको छ ।

त्यस्तै सवारीसाधन ठप्प भएका कारणले सीमावर्ती क्षेत्रबाट नेपाल आउने यात्रुलाई सास्ती भोग्नु परिरहेको छ । यात्रुले भिट्ठामोड नाकाबाट जनकपुरसम्म आउँदा करिब रु दुई हजारसम्म भाडा तिर्नुपरिरहेको छ ।

वैदेशिक रोजगारका लागि जाने श्रमिकले सवारीसाधन बन्द भएका कारण हवाई मार्गबाट काठमाडौँसम्म यात्रा गर्नुपरेको देखिएको छ ।

बन्दले शिक्षण संस्था र कलकारखानाको कामकाजसमेत प्रभावित भएका छन् । बजारमा मोटरसाइकल फाटफुट गुडेको देखिए पनि लामो तथा छोटो दूरीका सबै सवारीसाधन ठप्प रहेका छन् ।

बन्द समर्थक दलले बिहानैदेखि चोकमा टायर बालेर जनकपुरको मुख्य चोक र सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । धनुषा जिल्लाका सरकारी कार्यालयको कामकाजसमेत मोर्चाका कार्यकर्ताले बन्द गराएका छन् ।

प्रतिक्रिया