पानी बोक्नु पर्दा विद्यार्थीको पढाइ अवरुद्ध
जाजरकोट, ८ भदौ । यहाँको एक उच्च माविका विद्यार्थीको पानी बोक्नु पर्दा पढाइ प्रभावित भएको छ ।
जिल्लाको खगेनकोट गाविस– १ दल्लीमा रहेको त्रिभुवन उच्च माविका विद्यार्थीको पानी बोक्नु पर्दा पढाइ प्रभावित भएको हो ।
उच्च माविमा चार कार्यालय सहयोगी भए पनि विद्यार्थीलाई पिउने पानीदेखि शौचालयमा प्रयोग हुने पानीसम्म बोक्न लगाउँदा पढाइ छुट्ने गरेको कक्षा ७ मा पढ्ने छात्रा कैशीला खत्रीले बताइन् ।
विद्यालयबाट आधा घन्टाको दूरीमा रहेको काललाग्यको खोलाबाट पानी ल्याएर माविमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विद्यालयमा पिउने पानी नहुँदा दैनिक यसरी नै विद्यार्थीले पानी बोकेर खाने गरेको बताएका छन् । अधिकांश विद्यार्थी आधा घन्टाको दूरीमा रहेको खोलामा गएर पानी लिएर आउँदा पढाइ दैनिक छुट्ने गरेको अर्की छात्रा अनिता खड्का भनाइ छ ।
पानीको अभावमा शौचालय विद्यार्थीले राम्रो तरिकाले प्रयोग गर्न नपाएको बताएका छन् ।
पानीको समस्या आम दल्लीवासीको भएको कारण विद्यालयले एक्लै समस्याको समाधान गर्न नसक्ने बताउँदै आएको छ ।
यो विद्यालय जिल्लाकै दोस्रो पुरानो विद्यालयमा गनिन्छ । कार्यालय सहयोगीलाई विद्यालयको अन्य काममा लगाउने भएका कारण पानी ल्याउने काम विद्यार्थीले गर्दै आएको शिक्षकले बताएका छन् ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया