सिडिफोर काउन्ट मेसिन बिग्रिँदा एचआइभी सङ्क्रमित समस्यामा
तिलोत्तमा (रुपन्देही), ८ भदौ । एचआइभी सङ्क्रमितको उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको सिडिफोर काउन्ट मेसिन बिग्रिँदा यस क्षेत्रका सङ्क्रमितले रगत जाँच गर्न सास्ती बेहोर्नुपरेको छ ।
अञ्चल अस्पतालमा भएको मेसिन बिग्रिएको महिनौँ भए पनि बनाउनेतर्फ ठोस काम नभएपछि रगत जाँचका लागि यहाँबाट काठमाडौँ पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।
सङ्क्रमितले शरीरमा सिडिफोर जाँच गर्ने र सिडिफोर आवश्यकताभन्दा कम भए औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधि सेवन गर्न सिडिफोर थाहा पाउनका लागि अनिवार्य रुपमा जाँच गर्नुपर्ने हुँदा मेसिन सञ्चालन नहुँदा सङ्क्रमित समस्यामा परेका हुन् । तर केही सहजता होस् भनेर अञ्चल अस्पताल बुटवलस्थित एआरटी सेन्टरले सङ्क्रमितको रगत यहाँ जम्मा गरेर काठमाडौँ पठाउने गरेको छ । एआरटी सेन्टरका कार्यक्रम संयोजक धर्मराज भट्टराईले एक पटकमा १०० जनासम्मको रगत जम्मा गरेर काठमाडौँ पठाउने गरिएको बताउनुभयो ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलका निमित्त मेसु चिकित्सक राजेन्द्रप्रसाद खनालले अस्पतालका सिडिफोर काउण्ट मेसिन बिग्रिएर विगतदेखि नै समस्या भएकाले नयाँ मेसिन माग गरिएको बताउनुभयो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा यससम्बन्धी जानकारी गराइसकेको अस्पतालले जनाएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया