तीस सहकारी खारेज

इनेप्लिज २०७२ भदौ ८ गते ४:३७ मा प्रकाशित

खजुरा (बाँके), ८ भदौ । बाँके जिल्लामा निष्क्रिय रहेका ३० वटा सहकारी संस्था खारेजीमा परेका छन् ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार गएको असार २२ गतेसम्म सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ३० वटा सहकारी खारेज भएका हुन् ।

सो कार्यालयले पहिलोपटक गएको वैशाख २५ गते निष्क्रिय अवस्थामा रहेका १५१ वटा सहकारी संस्थालाई ३५ दिनभित्र सक्रिय रहेको प्रमाणसहित उपस्थित हुन सूचना जारी गरेको थियो ।

दुई वर्षसम्म लेखा परीक्षण नगर्ने, साधारणसभा नगर्ने, संस्थाको मासिक र वार्षिक प्रगति विवरण नबुझाउने निष्क्रिय अवस्थामा रहेका सहकारी खारेज गरिएको कार्यालयले जनाएको छ ।

गत आव २०७१÷०७२ सम्म ५४४ सहकारी दर्ता भएकोमा ६ एकीकरण र ३० सहकारी खारेज भएपछि बाँकेमा कृषि, बहुउद्देश्यीय बचत तथा ऋण सहकारी र अन्य गरी अब ४११ सहकारी बाँकी रहेका छन् ।

प्रतिक्रिया