जीर्ण पुल मर्मतपछि आवतजावतमा सहज
इनेप्लिज
२०७२ भदौ ८ गते २:३८ मा प्रकाशित
कालीकोट, ८ भदौ । जिल्लाको मेहलमुडी र स्युना गाविस जोड्न झोलुङ्गे पुल मर्मत भएपछि आवतजावतमा सहज भएको छ ।
दुई वटा गाविसको बीच खोटेमा पर्ने उक्त पुल लामो समयदेखि मर्मत नभएका कारण स्थानीयलाई आवतजावतमा कठिनाइ भएका समाचार राससमार्फत विभिन्न पत्रपत्रिकामा प्रकाशित भएपछि एक महिनामा पुल मर्मत भएको हो ।
विसं २०५३ मा निर्माण भएको पुल तल्कालीन स्थानीय गैरसरकारी संस्था केएलडिपीको सामुदायिक स्वावलम्बन कार्यक्रममार्फत निर्माण भएको मेहलमुडीका स्थानीयवासी देवनारायण सज्यालले बताउनुभया े।
उहाँका अनुसार जिल्ला विकास समिति कालीकोटका दुर्गम क्षेत्र विकास कार्यक्रममार्फत रु छ लाखको लगानीमा पुल मर्मत भएको हो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया