अमेरिका पुगेका नेपाली धरोधर्म साच्चै बाङ्गिएका हुन् त ?

इनेप्लिज २०७२ भदौ ८ गते १:५६ मा प्रकाशित

IMG_0869

अमेरिका पुगेका मानिसलाई ठुलो हुन्छ भन्ने दोष लगाईन्छ l साथी भाई ,ईष्ट मित्र तथा आफन्तले अमेरिका जाने बित्तिकै ठुलो भएछ भन्ने आरोप लगाएको सुनिन्छ l अवसरको भुमि पाउ राख्ने बितिक्कै मानिसको भुई खुट्टामा नभएर होला ,सबै ईतिहास बिर्सेछ भन्दै ठुलो पल्टिन पनि कति सकेको भन्ने दोष अमेरिका बसोबास गर्ने लाई लाग्दछ l

अमेरिकाको ब्यस्त जीवनमा डुबुल्की मारेका धेरै नेपालीले यस्ता लान्छना खाएका छन् l अमेरिका गएको के के नभएको जस्तो गर्दो रहेछ l मान्छेलाई मान्छे नगन्ने खुब घमण्डी भएछ l नेपालमा हुदा हामी संग मागेर खान्थ्यो अमेरिका जाने बितिक्कै अमेरिकाको हावा लागेछ भन्ने आरोप पनि बेला बेलामा लाग्दछ l

सयुक्त राज्य अमेरिका पसे देखि सम्पर्क बिहिन छ l पैसा पठाउनु पर्छ या माग्ला भनेर गुप्त बास बसेका छ्न l कहिँ नभएको अमेरिका त्यस्ता अमेरिका त हामीले जान सक्छौ भन्ने फत फताएको धेरैले सुनेका पनि छन l अमेरिका बोलाउनु पर्छ भनेर होला मुख नाक देखाउन त परे जाओस गए देखि सुनसान छ ,चकमन्न छ l यस्ता आरोप र प्रत्यारोप अमेरिकामा बसोबास गरेका नेपालीको टाउकोमा थुपरिन्छ l

अमेरिका जान मात्र के पाएको थियो देब्रे भएछ l नेपालमा हुँदा सोझो नै थियो तर अमेरिका गएर देब्रे भएछ l मानिस अमेरिका पुगे पछि देब्रिन के बेर भन्दै आपसमा समय बिताउने मेलो पनि भएको छ l

हामीले पैसा सापट दिएर अमेरिका पठाएको अहिले हामिलाई गन्न नै छोड्यौ l ठुलो पल्टे छ l घमण्ड बढेछ l अमेरिका जानु अगाडी ट्वाटे थियो अमेरिका गएर सुध्रिएछ l हामीले कति पटक खुवाएको ,नेपालमा चिट्ठा परेर अमेरिका गएको उत्तै भासियो l अमेरिकामा कमाएछ l छोई नसक्नु भएछ l अमेरिका गएर खस्रा कुरा गर्ने भएछ l रिस उठ्ने गफ गर्न थालेछ l उता पढेर ठुलो भाको ,भाते l आदी ईत्यादि अनेकौ दोष तथा आरोप लाग्ने गर्दछ l

ज्यादा डलर कमाएछ फुल्न सम्म फुलेछ l नेपाल बस्ने मानिसलाई के गन्छ त्यसले भनि शिकायत पनि गर्ने गरेको सुनिन्छ l  के अमेरिका आउन साथ मानिसमा त्यत्रो ठुलो परिवर्तन हुन्छ त ? अमेरिका टेक्ना साथ भुईमा खुट्टा नभएको हो त ? पुस्त कमाएर मानिसले मानिसलाई गन्न छोडेको हो त ? के अमेरिकामा आए पछि वातानुकुलित (एयरकण्डीसन् ) घर र गाडीमा चढ्न पाएकोले मानिसमा यस्तो तुजुक आएको हो त ? मानिसमा साच्चै ठुलो पल्टेको हो त ? अमेरिका पुगेका नेपाली धरोधर्म साच्चै बाङ्गिएका हुन् त ?

अमेरिकाको ब्यस्त जीवनबाट नेपाली समुदाय प्रभावित बनेको छ l हरेक नेपाली अमेरिका आर्थिक सम्वृद्धिको लागि आएकोले काममा ज्यादा समय बिताउन चाहन्छन l परिवारका सबै सदस्य काममा जोतिन्छ l

उमेरको छेकबार नभएकोले जो पनि काम गर्न रमाउछन l नेपालमा सिन्को नभाच्ने पनि अमेरिकामा काम पाउने अवसर पाउछन l अनि काममा अधिकांस समय बित्ने हुनाले समय बितेको थाहा नै पाउदैनन l डलर कमाउने चस्का लागे पछि मानिस त्यसको पछाडी कुद्छ l अनि कर्तब्य र सम्पर्क हुन असमर्थ हुन्छन l प्रारम्भिक चरणमा मेलोमेसो पाउदैनन अनि सम्पर्क दुरी बढ्दछ l असमझदारीको खाडल बन्दछन l

अमेरिकामा १९९९ मा अढाई करोड मानिसमा गरिएको एक सर्वेक्षणमा २०.५ प्रतिसत जम्मा कामदारहरुले कम्तिमा ४९ घण्टा काम गरेको देखाएको थियो भने अहिले १ करोड १० लाख मानिसले हप्तामा ५९ घण्टा काम गरेको तथ्यांकले जनाएको छ l

यसमा हामी नेपालीहरु पनि पर्दछौ l विश्वका अधिकांश औधोगिक राष्ट्रमा भन्दा अमेरिकामा ज्यादा समय काम गर्ने तथ्यांकले देखाएको छ l तथ्यांकले अमेरिकाका मानिस संग औसतमा २. ६ घण्टा दुरदर्शन (टेलीभिजन ) हेर्ने समय निकाल्छन भने मानिसलाई स्वास्थ्य बन्नु पर्छ भन्ने चेतना भएता पनि कसरत गर्न औसत नजाने तथ्यांकले देखाएको छ l

माथि उल्लेखित आरोप केहि हद सम्म सहि पनि हुन् सक्दछन l व्यक्ति व्यक्तिमा भर पर्ने कुरा हो l समयको अभावको कारण सम्पर्कमा नहुन सकेको देखाएको छ l नेपाल जस्तो एक जनाले कमाउने र अन्य परिवारलाई पाल्ने भन्ने अमेरिकामा नहुने भएकोले बिहान झिसमिसमा हिडी मध्ये रातमा घर आउने हुनाले हराएको जस्तो पनि लाग्दछ अमेरिका आएका मानिसलाई l

घरको किस्ताले तालुमा पसिना ल्याई दिने हुनाले अहोरात्र काम गर्ने पर्ने हुनाले अलिक समय व्यवस्थापन गर्न नसकेको कारण सम्पर्क बाहिर हुन् जान्छन l अनि दोषारोपण लाग्दछ l यता आए पछि परिवार बाहेक अन्य साथी भाई ईस्ट मित्र याद आए पनि समय कै कारण नेपाल जस्तै सम्पर्कमा नहुन सकेको देखिएको छ l

अमेरिकामा समायोजन हुन् कम्तिमा २ बर्ष सम्म मानिसलाई लाग्ने हुनाले त्यो तर्फ ध्यान कम हुन् गै त्यहाँ चुक्दछ्न l अमेरिका आए पछि मानिस झन् ब्यबहारिक र झन् साधारण हुन् चाहन्छन l वास्तविकता र यो देशको तरक्की देखेर मानिसमा घमण्ड तथा मानिसले ठुलो पल्टिन भन्ने सोच्दैनन l नौलो मुलुक ,नया ठाउँ ,नया परिवेश ,नुतन स्थानको कारण मानिस भौतारिन्छ l

तर अब संचार र सामजिक संजालले मानिसलाई अति नजिक ल्याई दिएको छ जसको कारण त्यो लगाईने आरोप र दोष बिस्तारै हट्ने सम्भावना पनि देखिएको छ l

अमेरिकाको धर्तिमा खुट्टा राख्दा साथ मानिस चढेको हुदैन ,बांगीएको पनि हुदैन , ठुलो पल्टिएको पनि हुदैन ,घमण्ड पनि हुदैन , देब्रे पनि भएको हुदैन l झन् विदेशमा आए पछि न्यास्रो लागेर सम्बन्ध स्थापित गर्न मन पराउछन l समयको पावन्दी ,समयको व्यवस्थापन ,समयको तालमेल मिलाउन न सकेको कारण टाडा भएको जस्तो प्रतित हुन्छ l सम्पर्क बिच्छेद भएमा नकारात्मक कुराहरु उब्जनु स्वाभाविक हुन्छ l

के यो सत्य हो त अमेरिका पुगेका नेपाली गमक्क परेका हुन्छन त ? अमेरिका पुगेका नेपाली धरोधर्म साच्चै बाङ्गिएका हुन् त ?

आगे यहाँहरुले जान्नु ………………………

प्रतिक्रिया