भारत–पाकिस्तानबीचको सुरक्षा वार्ता रद्द हुनु दुर्भाग्यपूर्ण ः भारत
नयाँ दिल्ली (भारत), ६ भदौ । भारतले पाकिस्तानद्वारा शनिबार राति दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहाकारको आइतबार बस्ने भनेको बैठक रद्द गर्ने निर्णय ‘दुर्भाग्यपूर्ण’ भनेको छ ।
भारतीय विदेश मामिला सम्बद्ध मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले आफ्नो ट्वीटर एकाउन्टमा लेख्नु भएको छ ‘पाकिस्तानको यो निर्णय दुर्भाग्यपूर्ण भएको छ । भारतले सुरक्षा वार्ताका लागि कुनै पूर्व शर्तहरू राखेको थिएन’ ।
‘भारतले, भारत–पाकिस्तानबीच भएको सिम्ला तथा उफा सहमतिलाई सम्मान गर्नुपर्ने बताएको थियो । यो यसभन्दा पहिले नै गरिएको प्रतिबद्धता थियो ।’ एक अर्को ट्वीटमा उहाँले बताउनु भएको छ ।
पाकिस्तानले आज हुने भनिएको उक्त वार्तामा भारत नियन्त्रित काश्मिरका पृथकतावादी तथा पाकिस्तानी अधिकारी समेतको टोली सम्मिलित हुनुपर्ने अडान राखेको थियो यो नयाँ दिल्लीले अस्वीकार गर्दै आएको थियो ।
यसैबीच, भारतले पाकिस्तानका उच्च सुरक्षा अधिकारीलाई भेट्न आएको केही काश्मिर क्षेत्रका नेताहरूलाई समेत नियन्त्रणमा लिएको छ । रासस÷सिन्ह्वा
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया