शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:११
वासिङटन डिसी 14:26

तराईका जिल्लाहरूमा सेना परिचालन गर्ने

इनेप्लिज २०७२ भदौ ७ गते १५:२१ मा प्रकाशित

Nuwakot  Pro..19काठमाडौं, ७ भदौ । कैलाली, रौतहट र सर्लाहीलगायतका जिल्लाहरूमा हिंसात्मक गतिविधिसहितका प्रदशर्न हुन थालेपछि सरकारले ती जिल्लाहरूमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

सरकारले ती जिल्लाहरू नियन्त्रण बाहिर गएपछि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेर नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको गृहमन्त्री बामदेव गौतमले जानकारी दिनुभयो ।

कैलाली, रौतहट र सर्लाही जिल्लामा आज भएका हिंसात्मक घटनाबारेमा संसदलाई जानकारी दिँदै गृहमन्त्री गौतमले राष्ट्रिय सुरक्षा समितिको आकस्मिक रुपमा आजै बसेको बैठकको निर्णयअनुसार नेपाली सेना परिचालन गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले तराईका केही जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको काबु बाहिरस्थिति गएपछि सेना परिचालनको निर्णय गरेको बताउनुभयो । गौतमले प्रहरीको नियन्त्रण बाहिर गएका जिल्लाहरूमा दक्षिणतर्फबाट ठूलो संख्यामा मान्छे आएको र आउने क्रम जारी रहेको पनि सदनलाई जानकारी गराउनुभयो ।

उहाँले केही नेताहरूले संसद र जिल्लाहरूमा हिंसा भड्काउन खालका अभिव्यक्ति दिएको भन्दै त्यस्ता अभिव्यक्ति दिनेलाई सदनले कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

कैलाली जिल्लामा नेपाल प्रहरी सशस्त्र प्रहरीका गरी प्रहरी कर्मचारीहरूको मृत्यु भएको जानकारी सदनलाई दिनुभयो । उहाँले ती जिल्लाहरूमा योजनाबद्ध तरिकाले सुरक्षा निकायमाथि आक्रमण भएको बताउनुभयो ।

एक जना प्रहरीलाई आन्दोलनकारीले कैलालीमा जिउँदै आगो लगाइ हत्या गरिएको गृहमन्त्री गौतमले बताउनुभयो । उहाँले एसएसपीलाई भाला गोभेर हत्या गरेको बताउनुभयो । उहाँले हत्या गरिएका सुरक्षाकर्मीका शव नचिने अवस्थामा रहेको बताउनुभयो ।

प्रतिक्रिया