आइतबार, जेठ ८ २०७९
काठमाडौं १२:५४
वासिङटन डिसी 03:09

टिकापुर भिडन्तमा एसएसपीसहित १७ प्रहरीको मृत्यू, सेना परिचालनको आदेश

इनेप्लिज २०७२ भदौ ७ गते १४:२६ मा प्रकाशित

kailaliकाठमाडौ, ७ भदौ । कैलालीको टीकापुरमा थरुटह पक्षधर आन्दोलनकारी र प्रहरीबीच भएको हिसात्मक झडपमा परि एसएसपी सहित १७ प्रहरीको मृत्यू भएको छ । तीन जना प्रर्दशनकारी रहेको बताईएको छ । तकैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा भएको हिंसात्मक झडपमा सुरक्षाकर्मी र आन्दोलनकारी दुबैतर्फ ठूलो संख्यामा हताहती भएको आशंका गरिए पनि अहिलेसम्म भिडन्तमा ३५ प्रहरी र १७ जना प्रर्दशनकारी घाईते भएका छन ।
ठूलो संख्यामा छुरा भाला बन्चरोसहितका घरेलु हतियार लिएर प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीलाई रोक्ने क्रममा झडप भएको थियो । प्रर्दशनकारीहरुले प्रहरीलाई आगो लगाएर मारेको बताईएको छ ।

ssp
घटनामा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट,केशव बोहोरा, हवल्दार राम विहारी चौधरी, लक्ष्मण खड्का र ललित साउदको र प्रहरी जवान लोकेन्द्र चन्द मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अहिले सो क्षेत्रमा अनिश्चितकालिन कफ्र्यू लगाईएको छ । आन्दोलनकारीले टीकापुर ६ संकरपुरस्थित पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई पेट्रोल छर्किएर आगो लगाएको स्थानीय संबाददाताहरुले जनाएका छन ।

kai
टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको सुरक्षा प्रमुखको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ।

k

नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ ।

aaa

आज यहाँ बसेको सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सो आदेश दिएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्मा जानकारी दिनुभएको हो ।

कैलालीको टीकापुरमा आज दिउँसो घटेको घटनाका बारेमा सदनलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रदर्शनकारीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई भालाले घोपेर, सशस्त्र प्रहरीका हबलदार राम विराहीलाई जिउँदै जलाएर र अन्य तीन प्रहरीलाई काटेर मारेका छन् ।”

घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका जानकारी दिँदै उहाँले प्रदर्शनकारी टीकापुरका स्थानीयवासीका घरमा लुकेर बसेको बताउनुभयो ।

गृहमन्त्री गौतमले आज दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको गृहमन्त्रीले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले थरुहट नारा लगाएको राष्ट्रिय झन्डा भुइँतिर लगाएको उहाँले बताउनुभयो । आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद हो गृहमन्त्री गौतमले भन्नुभयो ।

यसैगरी प्रदर्शनकारीले रौतहटको गौरमा प्रदर्शनी गरिरहेको र उनीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमाथि आक्रमण गर्न सुरु गरेको जानकारी उहाँले सदनलाई गराउनुभयो ।

यसैगरी सर्लाहीको मलङ्गवामा पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेको जानकारी गराउँदै उहाँले संविधान जारी गर्ने अन्तिम समयमा आएर जातीय र क्षेत्रीय सद्भाव नभड्काउन आह्वानसमेत गर्नुभयो ।

उहाँले षडयन्त्रपूर्ण खेलका रुपमा घटना घटाइएको, जातीय सद्भाव भड्काउने, साम्प्रदायिक सद्भावमा खलल पु¥याउने घटना भएकाले सार्वभौमसत्ता सम्पन्न सदनले आज नै देशवासीलाई संयमित रहन आग्रह गरेर आह्वान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

kaila

प्रतिक्रिया