शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:२९
वासिङटन डिसी 22:44
इनेप्लिज २०७२ भदौ ६ गते १२:३९ मा प्रकाशित

phantom-1-FEATURE

काठमाडौ । कविर खानको निर्देशनमा बनेको फिल्म सैफ अलि खाँन र कट्रिना कैफ अभिनित सिनेतामा ‘फ्यान्टम’ पाकिस्तानमा प्रदर्शनमा रोक लगाइएको छ ।

पाकिस्तानमा यो फिल्मको प्रदर्शन रोक्नका लागि जमाद उद दावा प्रमुख हाफिज सईदले लाहौर कोर्टमा मुद्दा दर्ता गरेका थिए । उनको मुद्दामा सुनुवाई गर्दै अदालतले फिल्म प्रदर्शनमा ब्यान्ड लगाइदियो ।

फिल्म अगष्ट २८ बाट विश्वभर प्रदर्शनमा आउनेछ । उच्च न्यायलयले पाकिस्तानको सरकारलाई २० अगष्टसम्म जवाफ दिन भनेको थियो । यसपछि पाकिस्तानमा फिल्म ब्यान्ड गरिएको हो । फिल्म मुम्बईमा नोवेम्भर २६ भएको बिस्फोटमा आधारित छ ।

प्रतिक्रिया