शनिबार, असार १८ २०७९
काठमाडौं २२:४५
वासिङटन डिसी 13:00

काबुल बम आक्रमणमा पाँचको नागरिकको मृत्यु ३८ घाइते

इनेप्लिज २०७२ भदौ ६ गते २:५७ मा प्रकाशित

create_thumb.phpकाबुल (अफगानिस्तान), ६ भदौ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एक आत्मघाती कारवम आक्रमणमा परी पाँच जनाको मृत्युभएको छ ।

घटनामा ३८ जनाभन्दा बढी नागरिक घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने धेरै सामान्य नागरिक भएको समेत जनाइएको छ ।

“घटनाको पुष्टी गर्दै प्रान्तीय प्रहरी प्रमुख अव्दुल रहमान राहिमी “शक्तिशाली कारबाम थियो । घटनामा पाँच जनाको मृत्यु भएको छ । अन्य ३८ जना घाइते भएका छन् ।”

घटनामा मृत्यु तथा घाइते हुने मध्ये चार विदेशी नागरिकसमेत रहेको जनाइएको छ।

स्थानीय समयअनुसार करिव चार बजेर १५ मिनेट जाँदा भएको उक्त विष्फोटमा दर्जनौ कार तथा घरहरुमा क्षति पुगेको पनि प्रहरी प्रमुख राहिमीले बताउनुभएको छ।

प्रतिक्रिया