आन्वाले नेपालको पुनर्निर्माणको लागि ६ लाख बुझायो

इनेप्लिज २०७२ भदौ ६ गते २:३९ मा प्रकाशित

IMG_1444अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन डिसी((आन्वा)ले आज एक समारोहका बिच नेपालको पुनर्निर्माणको लागि करिब ६ लाख ( ६ हजार १ सय १५ डलर )को धनादेश (चेक )हस्तान्तरण गरेको छ l

उक्त कार्यक्रममा मिसन रिबिल्ड नेपालका संयोजक चिकित्सक मदन उप्रेतीलाई आन्वाको तर्फ बाट ५ हजार ६ सय १५ को धनादेश तथा संघकि महासचिब तथा कानुन विद बन्दिता शर्मा दाहालको तर्फ बाट ५ सय डलरको धनादेश गरि जम्मा ६ हजार १ सय १५ डलर सयुक्त रुपमा बुझाईएको छ l

यसको साथै उक्त कार्यक्रममा बिगत केहि महिना अगाडी भारतीय संगीत मण्डली एक साम नेपालके नाम भन्ने कार्यक्रम बाट नेपालका भूकम्प पिडित हरुको लागि गरिएको कोष वृद्धि कार्यक्रम बाट उठाई आन्वालाई हस्तान्तरण गरेको थियो l

IMG_1454र ,उक्त एक साम नेपालके नामको तर्फ बाट प्रतिनिधित्व गर्ने मिनाक्षी शाहलाई संस्थाको तर्फ बाट खादा लगाईनुको साथै प्रसंसा पत्र द्वारा सम्मान गरिएको थियो l यसै गरि मिसन रिबिल्ड नेपालका संयोजक चिकित्सक मदन उप्रेतीलाई पनि खादा ओडाई सम्मान गरिएको थियो l चिकित्सक उप्रेतीले संस्थालाई धन्यवाद दिदै नेपाललाई यहाँहरु जस्तो संस्थाको खाचो छ भन्दै यदि हामीले बाल बालिकाहरुलाई उपहार दिने तथा धुमधाम संग जन्म दिवस मनाउनु भन्दा त्यो पैसा नेपालको पुनर्निर्माणमा आर्थिक सहयोग गर्न सक्यौ ठुलो मानव सेवा हुने बताए l

यो पैसा राम्रो कामको लागि जाने बताउदै आन्वाले दोएको करिब ६ लाख रकमले झन्डै १४ -१५ वटा घर बनाउन सकिने जानकारी दिए l सम्मानित हुने मिनाक्षी शाहले हामीमा मानवता छ l हाम्रो तर्फ बाट नेपाललाई यति मात्र सहयोग गर्न सकियो भन्दै आफु नेपाल जान नसकेकोमा बिस्मात मानिन l

IMG_1431

र संस्थाको अध्यक्ष बिजया शाहले सबैलाई धन्यवाद दिदै यो रकम लामो समय पछिको प्रतिक्षा पछि हस्तान्तरण गरियोकमा हर्ष व्यक्त गरिन l यसै गरि संस्थाकि महासचिब बन्दिता शर्मा दाहालले आफुले प्रदान गरेको सानो रकमले केहि सहयोग हुनेछ भन्ने विश्वास लिदै अहिले नेपाल आमालाई सक्दो सहयोग गर्नु पर्ने खाचो भएको बताईन l

संस्थाका क्रियाशील सदस्यहरु भवानी शर्मा तथा सरला पाण्डेले सेवा नै ठुलो धर्म हो भन्दै संस्थाको तर्फ बाट मात्री भूमिको लागि सानो सहयोग हुन् सकेकोमा हर्ष व्यक्त गरेका छन् l

IMG_1415 IMG_1435 IMG_1428

प्रतिक्रिया