तेरापन्थी प्रोफेसनल फोरमको अन्तर्राष्ट्रिय सम्मेलन सुरु
इनेप्लिज
२०७२ भदौ ६ गते २:३४ मा प्रकाशित
सुन्दरदुलारी (मोरङ), ६ भदौ । चतुर्मासको अवसर पारेर शनिबारदेखि तेरापन्थी प्रोफेसनल फोरमको आठौँं अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ ।
व्यावसायिक संस्था केएल दुगड समूहको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारत सिङ्गापुर तथा दुबईका गरी तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । जैन भवनमा जैन गुरु आचार्य महाश्रवणको आशिष वचनसँगै सम्मेलन प्रारम्भ भएको थियो ।
कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलेसफल व्यवसायी बन्न कर्म र सही सङ्कल्प उत्तिकै आवश्यक रहेको बताउनुभयो ।प्रोफेसनल फोरमका ओभरसिज जोन अध्यक्ष विकास दुगडले सम्मुनत समाजको निमार्ण नै फोरमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा अनलाइन बिजनेस तथा नेपाल भारतको व्यापार व्यवसाय तथा धर्मका बारेमा छलफल हुने फोरमका विराटनगर अध्यक्ष सन्तोष जैनले बताउनुभयो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया