चालीस प्रतिशतले उखुखेतीमा कमी
महोत्तरी, ६ भदौ । चालु आव यहाँ उखुखेतीमा कमी आएको छ ।
आव २०७२/७३ का लागि एभरेस्ट चिनी मिल रामनगरले जिल्लाभरिमा गरेको सर्भेक्षणअनुसार चालु आवमा किसानले छ हजार बिगाहा जग्गामा उखुखेतीमा कमी आएको हो ।
गत आवमा जिल्लामा १६ हजार बिघामा उखुखेती लगाएका किसानले चालु आवमा १० हजार बिघामा मात्र उखुखेती लगाइएको पाइएको हो । गत आवका तुलनामा आव २०७२/७३ का लागि खेतखेतमा गई सर्भेक्षण गर्दा महोत्तरीमा उखुखेतीमा ४० प्रतिशतले कमी आएको एभरेस्ट सुगर मिल रामनगरका उखु महाप्रबन्धक युगलकिशोर चौरासियाले जानकारी दिनुभयो ।
बर्सेनि उखुको मूल्यमा कमी आउनु तथा तोकिएको समयमा किसानलाई भुक्तानी नदिनुका कारण जिल्लाका किसानले उखुखेती छाड्दै आएको उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो । नगदेबालीका रुपमा रहेको उखुखेती लगाउने किसानले आआफ्ना खेतमा धान, मकै, तेलहन, दलहन, तरकारीलगायत बाली लगाउन थालेको बुझिएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया