बाढीले काठेपुल बगाएपछि यातायात सञ्चालनमा कठिनाइ
इलाम, ५ भदौ । निरन्तरको वर्षापछि माईखोलामा आएको बाढीले उत्तरी इलामको जमुना जाने काठेपुल बगाएपछि यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ ।
एक दशकअघि लगाइएको सो पुल बाढीले बगाएपछि जमुना र सदरमुकामको सम्बन्धविच्छेद भएको छ । जमुना–४ र सुलुबुङ–७ को बीचमा रहेको पुल नहुँदा अहिले जमुनामा खाद्यान्न लैजान, त्यहाँ उत्पादित कृषिउपज, दूध खेर गइरहेको गाविसका प्राविधिक रमेश भट्टराईले बताउनुभयो ।
उक्त पुल हुँदै जमुनाको धापसिमसार, रेडपाण्डा पाइने चोयाटार सामुदायिक वन, पर्यटकीयस्थल सन्दकपुर जाने पर्यटकसमेत मारमा परेका छन् ।
यहाँबाट प्याङ, जमुना चल्ने एक दर्जन सवारीसाधन बन्द भएका छन् । पुल नहुँदा एक÷दुई वटा सवारीसाधन मावुको तीनकुने हुँदै जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
इलाम नगरपालिका र सोयाङ तथा नामसालिङ गाविसबीचमा पर्ने माईखोलामा तीन वटाभन्दा बढी पक्की मोटर जाने पुल बनिए पनि उत्तरी क्षेत्रमा पुल नबनेको स्थानीयको गुनासो छ । “पहुँच पुग्नेकामा तीन÷चार वटा पुल छ, कतै एउटा पनि पक्की पुल छैन,” भट्टराईले दुखेसो पोख्दै भन्नुभयो ।
उक्त स्थानमा पक्की पुल निर्माण गर्न माग राख्दै स्थानीय रानजीतिक दल, बुद्धिजीवीसहितको टोली जिविसमा पुगेको थियो । जिविसले समेत उक्त स्थानमा पुल निर्माण गर्न पहल गर्ने बचन दिएको गाविस सचिव चेतनाथ निरौलाले भन्नुभयो ।
विसं २०६३ मा स्थानीयले श्रमदान र रु छ लाखको लागतमा काठेपुल निर्माण गरिएको थियो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया