छिप्पिएर गित घोक्नु भालुको कन्पट

इनेप्लिज २०७२ भदौ ५ गते २:५२ मा प्रकाशित

IMG_0002 (1)

जे कुरा पनि सानो उमेरमा सिक्नु पर्ने रहेछ l अलिक उमेर हुदा सिक्दा पनि सिकिने सम्भावना हुदो रहेछ l तर उमेरले डाडो काटे पछि जति गर्दा पनि जे गर्दा पनि सिक्न पहाड हुदो रहेछ l अहिले थाहा पाईयो l जे पढे पनि आउछ जस्तो लाग्थ्यो तर हैन रहेछ ,मुट्ठी बटारेर l जाबो चिज सिक्न पसिना पसिना हुनु पर्यो l यो पंक्तिकारले विश्व गिनिज पुस्तकमा नाम लेखाउला जस्तो भएको छ l

कसैले तोडेको किर्तिमानलाई हैन कि दुई वटा गित पनि कण्ठ गर्न नसकेर लेखाउन कसो गर्नु पर्ला भनि गिनिज पुस्तक लेखाई सकेका नजिकका संग सम्पर्क गर्न चाहना पो हुन् थालेको छ l कारण अमेरिकाको राष्ट्रपति ओबामा जतिको उमेर भै सक्दा पनि एउटा गित पनि पुरा गाउन नसक्नुले पानी पानी भएको छु l अनेक उपाय गरे अह ! केहि सिप लागेन l

असमर्थ भए र एक छिन् घोत्लिए l परिवारमा गायन क्षेत्रमा कसैको पनि दखल नभएकोले होला l गित पटक पटक सुन्दा पनि गाउन मन लागे पछि भुली हाल्ने आदत l आफैले अनुसन्धान गरि पत्ता लगाई छोडेको छु l वंसानुगत रुपमा गुण आफुमा आएन ,सानो देखि रुचि पनि भएन ,बरु गुच्चा तर्फ ध्यान गयो l गुच्चा र डन्डी बियोमा खप्पिस l

अर्को तर हजुर बुवाको डर ,सदैब भुमरीको लट्ठी लिएर हिड्ने गित गाउन अभिरुचि देखाएको कि सात्तो खाने भएकोले स्वर भएता पनि प्रतिभा भित्र भित्र दबियो l हजुरबुवालले पढेर मात्र ठुलो मान्छे हुन्छन भनि उत्प्रेरणा गर्नु हुन्थ्यो l नाम पनि सुन्न चाहनु हुन्न थियो गित गाउने भन्दा l खुशीको खबर भन्नु पर्छ l पुरा गित नआएर टुक्रे गित जोडेर गाउन उस्ताद म l कसो कसो गरि २ महिना अगाडी देखि २ वटा गित कण्ठ गर्न अमेरिकामा सफल भएकोमा हर्ष लागेको छ l

पहिलो नेपाली गित अलिक पुरानो र दार्जिलिंगको गित हो l धेरै पटक सुने पछि याद भयो l नहेरी गित गाउन सक्ने भए l असारै महिनामा पानी पर्यो रुझाउने l सुरुमा नेपाली गित कण्ठ गरे l दङ्ग हुदै आफना नजिक भएकालाई सुनाए l राम्रो प्रसंसा सुने l लाज़ पनि लाग्यो l त्यस पछि पुन म मा हौशला आयो l

जाबो गित ,नहेरी गाउन किन नसक्नु भनि हिन्दि गित रोजे l र फेरी बिहान पनि घोकेको छ ,बेलुका पनि ,काममा पनि ,खादा पनि ,जति खेर पनि घोक्दा घोक्दा सलमान खान र माधुरी दीक्षितको हम आप के है कौन को गित कण्ठ पारे l र ,आफ्नो मनले खाएको र नजिकका आफन्तलाई लजाउदै ,हम आप के हैन कौन ,बेचैन हे मेरी नजर ,हे प्यारका कैसा असर सुनाई दिए l अति राम्रो भने पछि साईलो अब अंग्रेजी गित तर्फ उन्मुख हुदैछ l घरको साईलो छोरो पनि हु l

अभिरुचि भयो भने के चाही हुदैन रहेछ ? अहिले आश्चर्यमा परेको छु l तर उमेर हुदा अभिरुचि राख्यो भने त्यो सार्थक हुने रहेछ l बाराक ओबामा जस्तो उमेरमा बल्ल २ वटा मात्र गित गाउन सक्नु ? कति सम्मको बोदो रहेछु भन्ने लागि रहेछ l संचार माध्यम तर्फ लागेकोले कुरा दोचार्न र आ गर्दा अलंकार बुझी समाचार ,लेख तथा अन्य चिजमा कलम फनफनी घुमाउन चाही सकिन्छ जस्तो अनुभूति हुन्छ l ए राता मकै ,के भाको गित घोक्न चाही l

व्यस्त जीवन व्यतित हुदा हुदै ,लेखेको लेखै छु l अबिश्राम तरिकाले कुरा खेलाउन लाटो जस्तो पनि लाग्दैन l तर पनि गित किन पुरा गाउन नसकेको होला भनि आफैले आफैलाई प्रश्न गरि रहन्छु l धन्य ,डाडो काट्न आटेको उमेरमा एउटा नेपाली असारै महिनामा र हिन्दि हम आपले है कौन त जाने l यसैमा म सन्तुस्ट छु l अंग्रेजी गित कुन बाट सुरु गरौ भनि दुबिधामा पो छु l

शिशु कक्षा देखि नेपाली पढेको र मात्री भाषा नै नेपाली भएकोले त एउटा गित पुरा गाउन यत्रो उमेर प्रतिक्षा गर्नु पर्यो l झन् अंग्रेजी पुरा गाउन त परै जाहोस ,एक हरफ गाउन र लय मिलाउन नै २ -४ महिना लाग्छ कि जस्तो छ ? तर अंग्रेजी गित व्हामको केयर लेस हुईस्परबाट सुरु गर्ने निधो गरेको छु l

गित सिक्ने कुरा वातावरण ,माहौल ,साथीभाई र पारिवारिक पृष्ठ भुमि पनि चाहिदो रहेछ l अरूको के हाल होला ?जान्न पनि चाहन्न l तर यो पंक्तिकार जस्तो गिदीमा गोबर भएको त कोहि छैन होला भन्ने लागेको छ l

जे होस् , पाँच र सुन्ना जोड भएको मानिसले यो उमेरमा गित पुरा गाउन सक्नु नै ठुलो कुरा हुदो रहेछ l हिन्दि उखान देर आया दुरुस्त आया भने झैँ २ वटा गित पुरा गाउन सकेकोमा छाती कांगडाको भूमिमा लड्ने महान योद्धा बिर बलभद्र जस्तै भएको छ l

यसमा म खुशी छु l गर्व गर्छु l जे छु म यस्तै छु l मैले त यसो गरे l यहाहरुले पक्का पनि यसो गर्नु हुने छैन ,छिप्पिएर गित घोक्नु भालुको कन्पट हुने रहेछ l बेलैमा सोचौ l समय मै बुद्धि पुगोस l

…………………………. अस्तु

प्रतिक्रिया