मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:५३
वासिङटन डिसी 14:08

मनकारी छिरिङ्, जो समाज सेवालाई आफ्नो कर्तव्य र धर्म ठान्नुहुन्छ

इनेप्लिज २०७२ भदौ ४ गते १६:२८ मा प्रकाशित

chhiring

काठमाडौं । सोलुखुम्बुमा जन्मनुभएका छिरिङ् शेर्पा यतिबेला अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । उहाँ त्यहाँको सफल व्यवसायी त हुनुहुन्छ नै सँगै खुल्ला दिन भएका प्रथम कोटीका समाजसेवी पनि । बैशाख १२ गते गएको महाभूकम्पले सिँगो मुलुक र मुलुकबासी रोइरहेका बेला अमेरिकामा रहेका यी नेपाली छोराको मन किन मान्थ्यो र  ? त्यसैले उहाँ पनि धुरुधुरु रोयो ।

महाभूकम्प गएलगत्तै उहाँले नेपालमा रहेका आफ्ना आफन्त, घरपरिवार, साथीभाई, इष्टमित्र अनि हिमालदेखि तराईसम्ममा नेपाली बुबाआमा दाजुभाई दिदीबहिनीलाई सम्झनुभयो । समाजसेवी न पर्नुभयो, रोएर कमजोर भएर चुपलागेर बस्न सक्ने त कुरै आएन । सिँगो राष्ट्रलाई परेको शोकलाई शक्तिमा बदल्ने अठोट लिएर उहाँ अघि बढ्नुभयो । अनि उहाँले आफू आबद्ध भएको हिमालयन शेर्पा क्लव सोनोमो, शेर्पा एसोसियसनलगायतका संस्था र केही मनकारीहरुसँग नेपाल र नेपालीको पीडामा मल्हम लगाउने विषयमा कुरा राख्नुभयो ।

तत्काल हिमालयन शेर्पा क्लव सोनोमोका तर्फबाट नेपालका भूकम्पपीडितको उद्दार तथा राहतका लागि १ लाख ४० हजार रुपैयाँ प्राप्त भयो । यस्तै शेर्पा एसोसिएनि अफ क्यालिफोर्नियाबाट ६० लाख नेपाली रुपैयाँ प्राप्त भयो । सँगै हिमालयन शेर्पा किचेन (जुन समाजसेवी छिरिङ्गकै रेस्टुरेन्ट हो) त्यहाँबाट उहाँले ८ लाख रुपैयाँ जम्मा गर्नुभयो अनि न्यूयोर्क लङ् आइसल्याण्ड बस्ने सुनिता र उहाँको परिवारका तर्फबाट २ लाख रुपैयाँ सहित उठेको सबै रकम भूकम्पपीडितकै उद्धार र राहतका लागि खर्च भयो । भूकम्पको पीडामा छट्पटिइरहेका नेपालीहरुको पीडामा महल्ह लगाउन उहाँले नेपालमा पाइला टेक्नेवित्तिकै शुरु गरिहाल्नुभयो । २५ लाख रुपैयाँ उहाँले आफ्नै हातले बाँड्नुभयो ।

भूकम्पपछिको दौरानमा उहाँले ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, रसुवा, मनाङ्ग, मुस्ताङ, दोलखालगायतका जिल्लाका भूकम्पपीडितहरुको ध्वस्त गाउँ बस्तीमा पुगेर विभिन्न खाले राहत सामग्री वितरण गर्नुभयो । भूकम्प गएको ५ महिना वितिसक्दा पनि छिरिङ्ग थाक्नुभएको छैन । उहाँले भदौको पहिलो साता पनि राजधानी काठमाडौंका विभिन्न वृद्धाश्रम, अनाथ आश्रम, नुवाकोटको यशोदादेवी भगवान्सिंह मेमोरिएयल ट्रस्ट र उत्तरी धादिङ्गका भूकम्पपीडितलाई ५ लाख रुपैयाँ बराबरको नगद सहयोग प्रदान गरेर आफूलाई उत्कृष्ट समाजसेवीको रुपमा परिचित गराईसक्नुभएको छ ।

आफ्ना छोराछोरी र घर परिवारबाट बृद्धाश्रममा पु-याइएका राजधानीको चलपीका करिब २५ जना बृद्धबृद्धालाई उहाँले आफ्ने हातले खाना खुवाउनुभयो, जतिबेला उमेरले ७० काटेका बयोबृद्ध आमाहरु उहाँको टाउकोमा हात राखेर उहाँलाई आर्शिवाद दिइरहनुभएको देखिन्थयो । यतिमात्र होइन, राजधानीको नयाँबजार छेउमा रहेका करिब ३ सय जना  अनाथ बालबालिकालाई उहाँले गराउनुभयो । उहाँको त्यो समाजेवालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले पनि राम्रैसँगै समेट्न भ्याए ।

छिरिङ्ग हेर्दा जति सरल र भलाद्मी देखिनुहुन्छ उहाँको व्यवहार त्यो भन्दा पनि सरल र सहज छ । सँधै हँसिलो र उज्यालो अनुहारमा देखिने छिरिङ्गजस्ता निष्कलंक र निष्कपट समाजसेवी यतिबेला सिँगो नेपाल र नेपालीले खोजि गरिरहेका छन् । भूकम्पपीडितका लागि प्राप्त आर्थिक तथा अन्य भौतिक सामग्रीमा चरम भ्रष्टाचार भै रहेको खबर सार्वजनिक हुँदा एकजना समाजसेवी शेर्पाको यो समाजसेवाको बहुआयाम ती भ्रष्टहरुको लागि गतिलो पाठ बनेको छ । त्यसैले नाममात्रको समाजसेवी होइन कर्मले नै समाजसेवी बन्ने कोशिषमा लाग्ने हो भने छिरिङ्ग शेर्पाको पथलाई पछ्याउनुको विकल्प देखिन्छ ।

प्रतिक्रिया