अठार सहकारीको दर्ता खारेज

इनेप्लिज २०७२ भदौ ४ गते १३:४२ मा प्रकाशित
इनरुवा, ४ भदौ । सुनसरीमा सहकारी सङ्घ संस्था खारेज हुने क्रम बढेको छ ।

आव २०७१÷७२ मा १८ वटा सहकारी सङ्घ संस्थालाई खारेज गरेको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका अनुसार बचत तथा ऋण सहकारी संस्था आठ, कृषि सहकारी संस्था छ, स्वास्थ्य सेवा सहकारी संस्था दुई, पशुपालन र उपभोक्ता सहकारी संस्था एक÷एक वटाको दर्ता खारेज गरेको कार्यालयका सहकारी निरीक्षक श्यामप्रसाद दाहालले जानकारी दिनुभयो ।

दुई वर्षभन्दा बढी समयदेखि निस्क्रिय रहेका तथा नीतिगत योगदान नभएकालगायतका कारण खारेज गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया